आईतबार बिदा दिने सरकारका निर्णय, चिनियाँ राष्ट्रपतिको स्वागतको लागि सिंगारियो काठमाडौं


चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुईदिने राजकीय भ्रमणको पूर्व सन्ध्यामा काठमाडौं सिङ्गारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा २३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको उच्चस्तरीय राजकीय भ्रमण हुन लागेको हो ।

असोज २५ र २६ गते नेपालभ्रमणमा आउने चिनियाँ राष्ट्रपति सीको स्वागतको लागि काठमाडौंका विभिन्न स्थानहरुलाई महत्वका साथ सरसफाई र रङ्गरोगन गरिएको छ । त्यसैगरी, उहाँको स्वागतमा दुई देशबीचको छिमेकी सम्बन्ध सर्वोच्च शिखर सगरमाथा जस्तै उचाईमा रहेको उल्लेख गर्दै स्वागतद्वार राखिएका छन् । 

त्यस्तै, जनवादी गणतन्त्र चीन स्थापना भएको ७० वर्ष पुगेको उपलक्ष्यमा शुभकामना दिइएको उल्लेख गर्दै स्वागतद्वार निर्माण गरिएका छन् । सडकमा रहेका पिलरहरुमा राष्ट्रपति भण्डारी र उहाँकी समकक्षी सीका नेपालका विभिन्न पर्यटकीय क्षेत्रका तस्बिरहरु पनि सजाइएका छन् । नेपालका विभिन्न पर्यटकीय क्षेत्रका तस्बिरहरु पनि सजाइएका छन् । सडकलाई कालोपत्रे गरिनुका साथै रेलिङ्गहरुमा रङ्गरोगन गरिएको छ ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लाग्नुभएका चिनियाँ राष्ट्रपति सिको स्वागतमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, गौशाला, तीनकुने, नयाँ वानेश्वर, बबरमहल, माइतिघर, सिंहदरबार, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड क्षेत्रलाई सुसज्जित पारिएको छ । त्यसरी नै भद्रकाली, सुन्धारा, रत्नपार्क, दरबारमार्ग, केशरमहल, नागपोखरी, हात्तीसार, नक्साल भगवतीबहाललगायतका क्षेत्रमा सौन्दर्यता थपिएको छ । यसैबीच, सरकारले दुई दिने भ्रमणमा स्वागतका लागि आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।







सम्बन्धित समाचारहरू

राष्ट्रपति विद्यादेवी भण्डारी र हमिदबीच भेट, स्वतन्त्रता संग्राममा नेपाली सहयोगको प्रशंसा
अष्ट्रेलियाका गभर्नर जनरलले व्यक्त गरे नेपालको पुननिर्माण र विकासप्रति चासो
डढेलो पीडित अष्ट्रेलियनलाई नेपाली समूदायको सहयोग, एनआरएन अष्ट्रेलियाले संकलन गर्दै
अष्ट्रेलियाको न्यूसाउथवेल्समा डढेलोको प्रकोप जारी, ६ सय विद्यालयहरु बन्द
गँजेडी ‘बाबा’ प्रहरी नियन्त्रणमा, ठगी गरेको आरोप !
क्यानबेरा आइपुगे नयाँ राजदूत दाहाल, बुधबार ओहोदाको प्रमाणपत्र पेश गर्ने
अंग्रेजलाई गुरिल्ला युद्धमा हराउने वंशु गुरुङका सन्तानले सम्झे पितापुर्खा
रुपज्योतिलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश
error: Content is protected !!