तेईस वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, अपरान्ह नेपालको जमिनमा टेके राष्ट्रपति सीले


जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिवार अपरान्ह काठमाडौं आइपुग्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा २३ वर्ष पछि चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्न लाग्नुभएको हो । करिब १९ घण्टा नेपालमा बिताउने राष्ट्रपति सीले आफ्ना समकक्षीसहित प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति सीको सम्मानमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोजको आयोजना गर्नुभएको छ । चिनियाँ राष्ट्रपति होटल सोल्टीमा बस्नुहुनेछ । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गर्नुभएको छ भने सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुसमेत विमानस्थल पुगेका छन् ।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका
शनिबार
अपराह्न ४:३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
साँझ ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता
साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार
बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर
दिउँसो १२ः३० बजे स्वदेश फिर्ता

Facebook Comments





सम्बन्धित समाचारहरू

मिल्डुरा विद्यार्थी कुटपिटका आरोपी घले यसो भन्छन्….!
अष्ट्रेलिया सरकारले नयाँ घर बनाउने वा मर्मत गर्नेलाई २५ हजार डलर अनुदान दिने
डढेलो र कोरोनाको कारण अष्ट्रेलियाको अर्थतन्त्र २९ वर्षपछि मन्दीमा !
नेपाली सीमा मिचेको विषयमा न्यूजिल्याण्डबाट मोदीलाई खबरदारी !
काँग्रेसका ८ मधेशी सांसदले दर्ता गराएको संशोधन वैधानिक कि अवैधानिक !
आपतमाथि थपिएको विपद, बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो !
अमेरिकाको ३० शहरमा विरोध प्रदर्शन, घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिन निलम्बन
दिनमा २५ सयका दरले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने यस्तो छ तयारी
error: Content is protected !!