के भनिन् राष्ट्रपतिले एनआरएनको उद्घाटन कार्यक्रममा ?


आजबाट काठमाडौंमा सुरु भएको एनआरएनको विश्व सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । भण्डारीले उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै विश्व स्म्मेलन आयोजना गरेकोमा बधाई दिँदै चाडवाडको शुभकामना पनि दिएकी थिइन् । उनले मन्तव्यको क्रममा भनिन्, आफ्नो कामको सिलसिलामा विश्वका जुनसुकै कुनामा रहेपछि तपाईंहरु र स्वदेशका तपाईंका आफन्तजनबीचको निरन्तर आवत जावत सहयोग कायम रहनुपर्दछ । आधुनिक सूचना प्रविधि, विज्ञानको विकासका कारण विश्व नै एक परिवार बनिरहेको बेला नेपाल बाहिर गएका नेपालीहरु सदैव नेपाली नै रहनेछन् । बसुधैव कुटुम्बकमको मान्यतालाई सबैले आत्मसाथ गर्नु आजको आवश्यकता बनेको छ ।

राष्ट्रपति भण्डारीले विश्वका नेपालीहरुले गैर नेपालीहरुलाई भावनात्मक एकतामा जोड्नुपर्ने समेत बताइन् । उनले गौतम बुद्धको देश नेपालका नेपालीहरुले शान्तिको सन्देशलाई बलियोसँग आत्मसाथ गर्नुपर्ने र सद्भाव दूतको रुपमा प्रस्तुत गर्नुपर्ने पनि बताइन् ।

एनआरएनका अध्यक्ष भवन भट्टले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा भएका विभिन्न कार्यको चर्चा गरेका थिए । उक्त अवसरमा पूर्वअध्यक्ष शेष घले, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनि बोलेकी थिइन् ।  कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली पनि आयोजकको रुपमा उपस्थित भएका थिए । विश्व सम्मेलनको आयोजना नेपाल सरकार र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा गरेका हुन् । विश्वभरबाट २५ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् भने बुधबार निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिनेछ जसमा कुुल आचार्य र कुमार पन्त प्रतिस्पर्धामा छन् ।

Facebook Comments





सम्बन्धित समाचारहरू

मिल्डुरा विद्यार्थी कुटपिटका आरोपी घले यसो भन्छन्….!
अष्ट्रेलिया सरकारले नयाँ घर बनाउने वा मर्मत गर्नेलाई २५ हजार डलर अनुदान दिने
डढेलो र कोरोनाको कारण अष्ट्रेलियाको अर्थतन्त्र २९ वर्षपछि मन्दीमा !
नेपाली सीमा मिचेको विषयमा न्यूजिल्याण्डबाट मोदीलाई खबरदारी !
काँग्रेसका ८ मधेशी सांसदले दर्ता गराएको संशोधन वैधानिक कि अवैधानिक !
आपतमाथि थपिएको विपद, बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो !
अमेरिकाको ३० शहरमा विरोध प्रदर्शन, घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिन निलम्बन
दिनमा २५ सयका दरले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने यस्तो छ तयारी
error: Content is protected !!