नयाँ नेतृत्वका लागि आज हुँदैछ एनआरएनएको चुनाव, यस्तो छ कार्यतालिका !


गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा नयाँ नेतृत्वको लागि निर्वाचन आज निर्वाचन हुँदैछ । विहान १०ः३० बजेसम्म उम्मेद्वारी दर्ता गरिसक्नुपर्ने निर्वाचन कार्यतालिका छ । यस अन्तर्गत आज विहान ११ः३० बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ । त्यसपछि एक घण्टा अर्थात् १२ः३० सम्म दावी विरोधका लागि समय दिइएको प्रमुख निर्वाचन आयुक्त शिवप्रसाद रिजालले जानकारी दिएका छन् । उनका अनुसार १ बजेर ३० मिनेटसम्म दावी विरोधमा छानविन गर्ने र उम्मेद्वारी फिर्ता लिने समय तोकिएको छ । दिउँसो २ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गरिनेछ र तीन बजेबाट मतदान सुरु गर्ने तयारी निर्वाचन आयोगको छ । राति ८ बजेसम्म मतदान चल्ने र ईलेक्ट्रोनिक भोटिंगको माध्यमबाट गरिएको निर्वाचन मतदान सकिएको एक घण्टाभित्र प्रकाशित गर्ने तयारी निर्वाचन आयोगको छ । तर, विभिन्न देशका प्रतिनिधिहरुको नाममै समस्या आएका कारण त्यसमा आएको ठूलो मात्राको दावी विरोधले निर्वाचन कार्यतालिका केही समय प्रभावित हुनसक्ने सम्भावना भने छ ।







सम्बन्धित समाचारहरू

नेपाली सेनाले भोलि चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदै
कोरोनाका कारण लाउन्ड्रीमा काम गर्ने सिड्नीका सयजनाभन्दा बढी नेपालीले काम गुमाए !
संविधान संशोधनको विषयमा काँग्रेसले माग्यो छलफलका लागि थप समय
गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली भित्रिए : आधा क्वारेन्टाइनमा, आधा गाउँघरमा
चीनको राष्ट्रिय मिडियाले अष्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भनेपछि बबाल !
नेपालमा थप ७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६८२,मृत्यु हुनेको संख्या ४ पुग्यो
वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भइ अन्त्येष्टि गरिसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो
error: Content is protected !!