एनआरएनको निर्वाचन स्थगित, भोलि मतदान सुचारु गर्ने निर्वाचन आयोगको स्पष्टीकरण


गैरआवासीय नेपाली संघको मतदान स्थगित भएको छ । करिब सवा आठ बजे सुरु भएको मतदान एक घण्टा चलेर स्थगित भएको हो । भोलि विहान १० बजे पुन सुचारु गर्ने बुझिएको छ । दिउँसो ५ बजे मतदान हुने प्रारम्भिक तयारी भएपनि ढिलो गरी मतदान सुरु भएको थियो । होटल हयातमा जारी अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । यस पटक अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन् । वर्तमान उपाध्यक्षद्वय आचार्य र पन्तले अध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहँदा चार उपाध्यक्ष पदका लागि ९ जना मैदानमा देखिएका छन् । अष्ट्रेलियाका धर्मराज अधिकारी, मन केसी, वर्तमान महासचिव बद्री केसी, नरेन्द्रबहादुर भाट, अर्जुनकुमार श्रेष्ठ, किरण विक्रम थापा, हिक्मतबहादुर थापा, सोनाम लामा र डा। केशव पौडेलले अध्यक्षमा दावी गरेका छन् । यस्तै महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रविना थापा प्रतिस्पर्धामा छन् । 

महासचिव पदमा जानकी गुरुंग, डा। हेमराज शर्मा मैदानमा छन् । यस्तै सचिव पदमा दिपकप्रसाद ओली, सुष्मा लिम्बु, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा, विनय अधिकारी चुनावी प्रतिस्पर्धामा देखिएका छन् । यस्तै कोषाध्यक्षमा सोमनाथ सापकोटा, महेशकुमार श्रेष्ठ र सुदन थापा चुनावी प्रतिस्पर्धामा छन् । यीमध्ये एकजनालाई मतदाताले छान्नुपर्नेछ । सहकोषाध्यक्ष पदका लागि लोकप्रसाद दाहाल र गोविन्द्रप्रसाद गौतम चुनावी प्रतिस्पर्धामा छन् ।

महिला संयोजकमा भोमा लिम्बु, संगीता मरहठ्ठा, प्रमिला खड्का बस्नेत र जुनु गुरुंगको प्रतिस्पर्धा छ । यस्तै युवा संयोजकमा हिमाल गुरुंग, स्वतन्त्रप्रताप शाह र सुदिप कार्की चुनावी मैदानमा छन् । ओसेनिया क्षेत्रीय संयोजकमा होम पाण्डे र दिनेश जोशीको प्रतिस्पर्धा हुने भएको छ भने ओसेनिया महिला संयोजकमा जानकी पौडेल निर्विरोध भएकी छिन् । यस्तै राज थपलिया युवा संयोजक पदमा निर्विरोध बनेका छन् । यस्तै युरोपको महिला संयोजक पदमा कुमारी योगिता थापा र युरोप युवा संयोजकमा कृष्ण ठाकुर निर्विरोध भएका छन् ।







सम्बन्धित समाचारहरू

राष्ट्रपति विद्यादेवी भण्डारी र हमिदबीच भेट, स्वतन्त्रता संग्राममा नेपाली सहयोगको प्रशंसा
अष्ट्रेलियाका गभर्नर जनरलले व्यक्त गरे नेपालको पुननिर्माण र विकासप्रति चासो
डढेलो पीडित अष्ट्रेलियनलाई नेपाली समूदायको सहयोग, एनआरएन अष्ट्रेलियाले संकलन गर्दै
अष्ट्रेलियाको न्यूसाउथवेल्समा डढेलोको प्रकोप जारी, ६ सय विद्यालयहरु बन्द
गँजेडी ‘बाबा’ प्रहरी नियन्त्रणमा, ठगी गरेको आरोप !
क्यानबेरा आइपुगे नयाँ राजदूत दाहाल, बुधबार ओहोदाको प्रमाणपत्र पेश गर्ने
अंग्रेजलाई गुरिल्ला युद्धमा हराउने वंशु गुरुङका सन्तानले सम्झे पितापुर्खा
रुपज्योतिलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश
error: Content is protected !!