एनआरएनको निर्वाचन, मत बदर नहोस् भनी ध्यान दिनुपर्ने दुई कुरा !


गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि आज विहान १० बजेदेखि मतदान सुरु भएको छ । यसअघि ईलेक्ट्रोनिक भोटिंग सिष्टमबाट निर्वाचन हुने भनिएको भएपनि प्राविधिक गडबडीका कारण करिब १५ घण्टा स्थगित गरेर आज विहानबाट निर्वाचन सुचारु गरिएको हो । यस पटक निर्वाचनमा कागजमा नै हातैले लेखेर आफ्नो मत जाहेर गर्नुपर्ने भएको छ । यस्तो कार्य गर्दा दुई कुरामा अत्यन्तै ध्यान दिनुपर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार एनआरएनको निर्धारित पदमा चाहिएको संख्याभन्दा बढीलाई मत दिएको अवस्थामा त्यस्तो मत बदर हुनेछ । जस्तो उपाध्यक्षमा चार जनालाई मत दिनुपर्नेमा तीन जनालाई दिन सकियो, तर पाँच जनालाई भएमा त्यस्तो मत बदर गरिनेछ । यस्तै मतपत्रमा आफ्नो मत जाहेर गर्न दिइएको कोठाभन्दा बाहिर रेजा लगाएको अवस्थामा पनि यस्तो मत खारेज गर्ने नियम बनाइएको छ । मत दिन जति सकस हुनेछ त्यसभन्दा बढी गाह्रो मतगणनामा हुने हो कि भन्ने आशंका सहभागीहरुमा व्याप्त भएको छ ।
यस पटक अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन् । वर्तमान उपाध्यक्षद्वय आचार्य र पन्तले अध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहँदा चार उपाध्यक्ष पदका लागि ९ जना मैदानमा देखिएका छन् । अष्ट्रेलियाका धर्मराज अधिकारी, मन केसी, वर्तमान महासचिव बद्री केसी, नरेन्द्रबहादुर भाट, अर्जुनकुमार श्रेष्ठ, किरण विक्रम थापा, हिक्मतबहादुर थापा, सोनाम लामा र डा। केशव पौडेलले अध्यक्षमा दावी गरेका छन् । यस्तै महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रविना थापा प्रतिस्पर्धामा छन् ।

महासचिव पदमा जानकी गुरुंग, डा। हेमराज शर्मा मैदानमा छन् । यस्तै सचिव पदमा दिपकप्रसाद ओली, सुष्मा लिम्बु, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा, विनय अधिकारी चुनावी प्रतिस्पर्धामा देखिएका छन् । यस्तै कोषाध्यक्षमा सोमनाथ सापकोटा, महेशकुमार श्रेष्ठ र सुदन थापा चुनावी प्रतिस्पर्धामा छन् । यीमध्ये एकजनालाई मतदाताले छान्नुपर्नेछ । सहकोषाध्यक्ष पदका लागि लोकप्रसाद दाहाल र गोविन्द्रप्रसाद गौतम चुनावी प्रतिस्पर्धामा छन् ।

महिला संयोजकमा भोमा लिम्बु, संगीता मरहठ्ठा, प्रमिला खड्का बस्नेत र जुनु गुरुंगको प्रतिस्पर्धा छ । यस्तै युवा संयोजकमा हिमाल गुरुंग, स्वतन्त्रप्रताप शाह र सुदिप कार्की चुनावी मैदानमा छन् । ओसेनिया क्षेत्रीय संयोजकमा होम पाण्डे र दिनेश जोशीको प्रतिस्पर्धा हुने भएको छ भने ओसेनिया महिला संयोजकमा जानकी पौडेल निर्विरोध भएकी छिन् । यस्तै राज थपलिया युवा संयोजक पदमा निर्विरोध बनेका छन् । यस्तै युरोपको महिला संयोजक पदमा कुमारी योगिता थापा र युरोप युवा संयोजकमा कृष्ण ठाकुर निर्विरोध भएका छन् ।

Facebook Comments





सम्बन्धित समाचारहरू

मिल्डुरा विद्यार्थी कुटपिटका आरोपी घले यसो भन्छन्….!
अष्ट्रेलिया सरकारले नयाँ घर बनाउने वा मर्मत गर्नेलाई २५ हजार डलर अनुदान दिने
डढेलो र कोरोनाको कारण अष्ट्रेलियाको अर्थतन्त्र २९ वर्षपछि मन्दीमा !
नेपाली सीमा मिचेको विषयमा न्यूजिल्याण्डबाट मोदीलाई खबरदारी !
काँग्रेसका ८ मधेशी सांसदले दर्ता गराएको संशोधन वैधानिक कि अवैधानिक !
आपतमाथि थपिएको विपद, बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो !
अमेरिकाको ३० शहरमा विरोध प्रदर्शन, घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिन निलम्बन
दिनमा २५ सयका दरले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने यस्तो छ तयारी
error: Content is protected !!