ओसेनिया क्षेत्रको संयोजक पदमा होम पाण्डे विजयी, उपसंयोजकमा कँडेल !


गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय संयोजकमा होम पाण्डे विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी दिनेश जोशीलाई पराजित गरेका हुन् । विजयी होम पाण्डेले १०५ भोट ल्याएका छन् भने उनका प्रतिस्पर्धी दिनेश जोशीको १०३ भोट रहेको छ । यस्तै उपसंयोजकमा हरि राम्जालीभन्दा बढी मत ल्याई नवीन कँडेल विजयी बनेका छन् । उनले १०७ भोट ल्याए । उनका प्रतिस्पर्धी हरि राम्जालीले १ सय भोट ल्याएका थिए । 

ओसेनिया क्षेत्रबाट यसअघि महिला संयोजकमा जानकी पौडेल निर्विरोध भइसकेकी छिन् भने राज थपलिया युवा संयोजक बनेका छन् । थपलिया पनि निर्विरोध नै भए । ओसेनिया क्षेत्रबाट नै आईसीसी युवा संयोजकमा उम्मेद्वार भएका स्वतन्त्रप्रताप शाहले सबैभन्दा बढी मत पाएका छन् । उनले १ सय ५४ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदका उम्मेद्वारहरु मन केसीले १ सय ३७ मत पाएका थिए भने धर्मराज अधिकारीले १ सय १९ मत प्राप्त गरे ।

महिला संयोजकमा उम्मेद्वारी दिएकी भोमा लिम्बुले ओसेनियाबाट १ सय ३४ मत पाएकी थिइन् । सचिव पदका उम्मेद्वार अभिमानसिंह बस्नेतले ओसेनिया क्षेत्रबाट १ सय २२ भोट पाए । ओसेनिया क्षेत्रबाट कुल आचार्यले १ सय ११ भोट पाउँदा कुमार पन्तले ९३ मत पाए । ओसेनिया क्षेत्रमा कूल २ सय ११ मत खसेको थियो ।

Facebook Comments





सम्बन्धित समाचारहरू

मिल्डुरा विद्यार्थी कुटपिटका आरोपी घले यसो भन्छन्….!
अष्ट्रेलिया सरकारले नयाँ घर बनाउने वा मर्मत गर्नेलाई २५ हजार डलर अनुदान दिने
डढेलो र कोरोनाको कारण अष्ट्रेलियाको अर्थतन्त्र २९ वर्षपछि मन्दीमा !
नेपाली सीमा मिचेको विषयमा न्यूजिल्याण्डबाट मोदीलाई खबरदारी !
काँग्रेसका ८ मधेशी सांसदले दर्ता गराएको संशोधन वैधानिक कि अवैधानिक !
आपतमाथि थपिएको विपद, बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो !
अमेरिकाको ३० शहरमा विरोध प्रदर्शन, घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिन निलम्बन
दिनमा २५ सयका दरले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने यस्तो छ तयारी
error: Content is protected !!