नेपालको राजनीतिमा दोश्रो विद्याको उदय हुँदै, पोखराबाट एकमतले सिफारिश


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले कास्की क्षेत्र नम्बर–२ को उम्मेदवारका लागि विद्या भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको छ । भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् । अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले एकमतले भट्टराईको नाम सिफारिस गरेको हो । 

आगामी मङ्सिर १४ गते देशभर ३७ जिल्लामा रिक्त पदहरुमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन र स्थानीय तहको प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । विद्या भट्टराईको राजनीतिमा प्रवेशसँगै दोश्रो विद्याको उदय भएको धेरैले प्रतिक्रिया दिएका छन् । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारीले काठमाडौं क्षेत्र नम्बर १ मा चुनाव लडेर राजनीतिमा सुरुवात गरेकी थिइन् । उनी अहिले राष्ट्रपति छिन् । आशलाग्दा युवा नेता रविन्द्र अधिकारीको निधनपछि खाली भएको ठाउँमा विद्याले उम्मेद्वारी दिने निश्चित भएपछि सहानुभूतिको भोट समेत आउने आंकलन छ । रविन्द्र अधिकारीसँगै विद्यार्थी आन्दोलनमा रहेकी विद्या पछिल्लो समय अध्यापमन पेशामा थिइन् ।







सम्बन्धित समाचारहरू

प्रधानमन्त्री ओलीको अवस्था सामान्य, बिहीबार डिस्चार्ज गर्ने तयारी
नेपालको राजनीतिमा दोश्रो विद्याको उदय हुँदै, पोखराबाट एकमतले सिफारिश
महरा प्रहरी हिरासतमा, पक्राउपछि फेरि बालुवाटार लग्नुको कारण यस्तो
सभामुख कृष्णबहादुर महराद्वारा राजीनामा, छानविनका लागि बाटो खोलेको भनाई !
नेकपाको स्कूल विभागमा नारायणकाजी र ईश्वर पोखरेलको कुरा नमिल्दा बैठक १६ दिनपछि मात्र
नेपालमा लगानी गर्न विश्वकै व्यापारीहरुलाई प्रधानमन्त्रीको आह्वान, झन्झट हटिसकेको स्पष्ट
सत्तारुढ नेकपाको एकता प्रक्रिया अर्को मोडमा, जिल्ला कमिटीको ईन्चार्ज र सहईन्चार्ज तोकियो (सूचिसहित)
नेकपाका दुई अध्यक्षबीचको असहमति हट्यो, महाधिवेशनअघि कुनै प्रतिस्पर्धा नहुने
error: Content is protected !!