रोल्पाका विश्वकर्मा लोकस्टार बन्न सफल, ५० लाख पुरस्कार पाए


लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को पहिलो विजेता रोल्पाका शनि विश्वकर्मा बन्न सफल भएका छन् । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट विश्वकर्मालाई नेपाल लोक स्टारको विजयी घोषणा गरिएको हो । विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् ।

यसका साथै उनले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि हात पारेको हुन् । यस्तै स्याङ्जाका चेतन गोतामे लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनी२५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरको जीवन बीमा पाउन सफल भएका छन् । 

उदयपुरका विनोद दनुवारले तेस्रो स्थान हात ओगटेका छन् । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा हात पारेका हुन् । यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए । उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।







सम्बन्धित समाचारहरू

एमएनटीभी ‘हल अफ द फेम’ पहिलो सिजनका कलाकार छनोट !
एमएनटीभीले ‘हल अफ फेम’ सञ्चालन गर्दै, अष्ट्रेलियामा नेपाली गायन प्रतिभा प्रोत्साहन प्रयास
दिवेश पोखरेल अमेरिकन आईडलको उप विजेता बन्न सफल
लकडाउनमा मनाङका दृश्यले भरपूर म्युजिक भिडियो चर्चित बन्दै !
अष्ट्रेलियामै पहिलो नेप्लीज फोटो कन्टेष्टको समयावधि एक महिना थप !
कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, सबैभन्दा बढी ईटालीमा ३४ सय ५
हाँसेर विदा भईन् एकमात्र गोल्डेन माईकधारी, नेपाल आईडलबाट मेगा श्रेष्ठ आउट
आफैंलाई विश्वास गर्नुस् त्यो सबभन्दा ठूलो कुरा हो : जेमिना श्रेष्ठ मिस नेपाल ओसेनिया २०२०
error: Content is protected !!