भिक्टोरियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई तनाव, ६ महिनाभन्दा बढी विदेशी लाईसेन्सले गाडी चलाउन नपाउने


अष्ट्रेलियाको भिक्टोरिया राज्यको सडक यातायात हेर्ने निकाय भिकरोडले अब अन्तर्राष्ट्रिइ लाईसेन्सधारी सवारी चालकहरुलाई ६ महिनाभित्र अष्ट्रेलियाकै लाईसेन्स लिन अनिवार्य गर्ने भएको छ । आज २७ अक्टोबरदेखि लागू गरिएको नयाँ प्रावधान अनुसार भिक्टोरियामा अन्तर्राष्ट्रिय सवारी चालक लाईसेन्सले ६ महिना मात्र सवारी चलाउन पाइने भएको हो । यसअघि विदेशीहरुले आफ्नै देशको सवारी चालक अनुमति पत्रका आधारमा गाडी चलाउने सुविधा पाएका थिए । विभिन्न समयमा सवारी दुर्घटना बढेको, लापर्वाहीका घटना र नक्कली लाईसेन्सको विगविगी भएका कारण यस्तो परिवर्तन गरिएको बुझिएको छ । स्थानीय सञ्चारमाध्यम एसवीएसका अनुसार यो प्रावधानले विभिन्न २६ राष्ट्र जसले सिधै आफ्नो देशको लाईसेन्सलाई यहाँ परिवर्तन गर्न सक्नथे उनीहरुले पनि ६ महिनाभित्र यस्तो कार्य गरिसक्नुपर्नेछ । नयाँ प्रावधानले रोजगारी दिने कम्पनीहरुले पनि अनिवार्य रुपमा ६ महिनाभन्दा बढी यहाँ बसोबास गरिसकेको व्यक्तिलाई अष्ट्रेलियाकै लाईसेन्स छ कि छैन भन्ने एकिन गर्नुपर्ने बनाइदिएको छ । नयाँ प्रावधानले कुनैपनि सवारी अपराध गरेको व्यक्तिको डिमेरिट प्वाईन्ट पनि तत्कालै काट्ने व्यवस्था हुनेछ । यसअघि पत्र पठाएपछि त्यस्तो पत्र नै प्राप्त नभएको भन्दै ड्राईभरहरुले यो व्यवस्थालाई छल्दै आएका थिए ।







सम्बन्धित समाचारहरू

नेपाली सेनाले भोलि चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदै
कोरोनाका कारण लाउन्ड्रीमा काम गर्ने सिड्नीका सयजनाभन्दा बढी नेपालीले काम गुमाए !
संविधान संशोधनको विषयमा काँग्रेसले माग्यो छलफलका लागि थप समय
गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली भित्रिए : आधा क्वारेन्टाइनमा, आधा गाउँघरमा
चीनको राष्ट्रिय मिडियाले अष्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भनेपछि बबाल !
नेपालमा थप ७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६८२,मृत्यु हुनेको संख्या ४ पुग्यो
वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भइ अन्त्येष्टि गरिसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो
error: Content is protected !!