बेलायती पूर्वगोर्खा सैनिक निर्मलले चढे ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल, बन्यो कीर्तिमान


नेपाली आरोही निर्मल पुर्जाले ७ महिनामा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन् । 

ब्रिटिस सेनामा काम गरिसकेका निर्मल पुर्जाले मंगलबार बिहान शीशापाङ्मा हिमालको सपmल आरोहणसहित यो कीर्तिमान राखेका हुन् । यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उनले झण्डै ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।सन् २००३ मा ब्रिटिस सेनामा आवद्ध भएका ३६ वर्षीय निर्मल पुर्जालाई सन् २०१८ मा बेलायती महारानी एलिजाबेथले अर्डर अफ् द ब्रिटिस एम्पायर ९एमबीई० अवार्ड प्रदान गरेकी थिइन् । विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल रहेका छन् । उनले गएको अप्रिलबाट आफ्नो यात्रा सुरु गरेका थिए ।

गएको अप्रिल २३ तारिखमा उनले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । उनले गएको मेमा नै सगरमाथा आरोहण गरेका थिए ।







सम्बन्धित समाचारहरू

राष्ट्रपति विद्यादेवी भण्डारी र हमिदबीच भेट, स्वतन्त्रता संग्राममा नेपाली सहयोगको प्रशंसा
अष्ट्रेलियाका गभर्नर जनरलले व्यक्त गरे नेपालको पुननिर्माण र विकासप्रति चासो
डढेलो पीडित अष्ट्रेलियनलाई नेपाली समूदायको सहयोग, एनआरएन अष्ट्रेलियाले संकलन गर्दै
अष्ट्रेलियाको न्यूसाउथवेल्समा डढेलोको प्रकोप जारी, ६ सय विद्यालयहरु बन्द
गँजेडी ‘बाबा’ प्रहरी नियन्त्रणमा, ठगी गरेको आरोप !
क्यानबेरा आइपुगे नयाँ राजदूत दाहाल, बुधबार ओहोदाको प्रमाणपत्र पेश गर्ने
अंग्रेजलाई गुरिल्ला युद्धमा हराउने वंशु गुरुङका सन्तानले सम्झे पितापुर्खा
रुपज्योतिलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश
error: Content is protected !!