बोइङ ७३७ मा समस्या, क्वान्टास र कोरियन एयरका विमान ग्राउन्डेड


बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका बिमानमा चर्किएको भेटिएपछि अष्ट्रेलियाको क्वान्टासले विमान ग्राउन्डेड गरेको छ । यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो ।

अस्ट्रेलियाली राष्ट्रिय ध्वजाबाहक क्वान्टासले एउटा बिमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ । क्वान्टासले यही सिरिजका अरु ३२ बिमानको पनि परीक्षण गर्न लागेको छ, तर कम्पनीले यात्रुहरुलाई चिन्ता नलिन आग्रह गरेको छ ।

गत अक्टोबरको शुरुमै दक्षिण कोरियाली अधिकारीहरुले बिमानमा क्षति देखिएको पत्ता लगाएसँगै नौ वटा बिमान ग्राउन्डेड गरेका थिए । यी बिमानमध्ये कोरियन एयरका पाँच वटा थिए । 

बिमानमा समस्या देखिएलगत्तै अमेरिकी नियामक निकायले बिमानको तत्काल परीक्षण गर्न बोइङ कम्पनीलाई आदेश दिएको थियो ।

क्वान्टासको घोषणालगत्तै बोइङ कम्पनीका एक जना प्रवक्ताले बिहीबार नै एक हजार बिमानमध्ये ५ प्रतिशतभन्दा कम बिमानमा स–साना दरार देखिएको बताएका छन् । प्रवक्तले ती बिमानको मर्मत शुरु भइसकेको पनि जानकारी दिए ।

क्वान्टासको इन्जिनियरिङ विभागका प्रमुख क्रिस स्नूकले बिमान पूर्णरुपमा सुरक्षित महसुस नगर्दासम्म कुनै पनि बिमान नउडाउने बताउनुभयो ।

अमेरिकी नियामक निकाय संघीय नागरिक उड्डयन प्रशासनले ३० हजार पटकभन्दा बढी उडेका सबै ७३७एनजी सिरिजका बिमानको तत्कालै प्राविधिक जाँच गर्न आदेश दिइसकेको छ । तर क्वान्टासले ३० हजार पटकभन्दा कम उडेका बिमानमा पनि यस्तै समस्या देखिएको जनाएको छ ।

यी बिमानहरु सामान्यतया अस्ट्रेलियाभित्र र छिमेकी न्यूजील्यान्डसम्म मात्र उडाइएको क्वान्टासले जनाएको छ ।

अस्ट्रेलियाली नियामक निकायले अस्ट्रेलियाकै निजी क्षेत्रको भर्जिन एयरवेजले बोइङ ७३७एनजी सिरिजका सबै १७ वटा बिमानको प्राविधिक परीक्षण सम्पन्न गरिएको र त्यसमा कुनै समस्या नदेखिएको जनाएको छ ।

बोइङका ७३७ म्याक्स सिरिजका लगातार दुई वटा बिमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएपछि बोइङका बिमानहरुको सुरक्षाप्रति सर्वत्र चासो उत्पन्न भएको छ ।







सम्बन्धित समाचारहरू

राष्ट्रपति विद्यादेवी भण्डारी र हमिदबीच भेट, स्वतन्त्रता संग्राममा नेपाली सहयोगको प्रशंसा
अष्ट्रेलियाका गभर्नर जनरलले व्यक्त गरे नेपालको पुननिर्माण र विकासप्रति चासो
डढेलो पीडित अष्ट्रेलियनलाई नेपाली समूदायको सहयोग, एनआरएन अष्ट्रेलियाले संकलन गर्दै
अष्ट्रेलियाको न्यूसाउथवेल्समा डढेलोको प्रकोप जारी, ६ सय विद्यालयहरु बन्द
गँजेडी ‘बाबा’ प्रहरी नियन्त्रणमा, ठगी गरेको आरोप !
क्यानबेरा आइपुगे नयाँ राजदूत दाहाल, बुधबार ओहोदाको प्रमाणपत्र पेश गर्ने
अंग्रेजलाई गुरिल्ला युद्धमा हराउने वंशु गुरुङका सन्तानले सम्झे पितापुर्खा
रुपज्योतिलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश
error: Content is protected !!