भिजिटर भिसामा अष्ट्रेलिया आउँदा शैक्षिक प्रमाणपत्र बोक्ने युवती डिपोर्ट


अष्ट्रेलियाको अध्यागमनका अधिकारीहरुले एक २३ वर्षीय युवतीलाई अष्ट्रेलिया भिजिटर भिसामा आउँदा शैक्षिक प्रमाणपत्र बोकेको फेला पारेपछि देश निकाला गरिदिएका छन् । घटना भिक्टोरियाको हो । स्थानीय एभलोन एयरपोर्टमा आइपुगेकी एक भारतीय युवतीलाई छड्के जाँचको क्रममा अधिकारीहरुले सोधपुछ गरेका थिए । सोधपुछका क्रममा उनले आफुले केही औषधि ल्याएको बताएकी थिइन् । औषधि हेर्ने क्रममा उनको लगेजमा शैक्षिक प्रमाणपत्रहरु कपडाभित्र बेरेर लुकाएको अवस्थामा भेटिएको थियो । उनलाई आईएलटीएस रिपोर्ट, शैक्षिक प्रमाणपत्र ल्याउनुको कारण सोधिएको थियो । उनले कुनै स्पष्ट जवाफ दिन सकिनन् । आफ्नो काका काकीसँग भेट्न आएको भनिएकी युवतीले आफु तीन महिनाको लागि घुम्न आएको बताएकी थिइन् । तर, उनीसँग मात्र एक सय डलर थियो । अनि, घुम्ने ठाउँहरु के के छन् भन्ने प्रश्नमा उनले उत्तर दिन सकिनन् । मात्र भनिन्, “यहाँका सुन्दर पार्क र होटलहरु घुम्ने रहर छ ।” 

थप शंका लागेपछि अधिकारीहरुले निज युवतीका काका काकीलाई सोधेका थिए । उनीहरुले आफ्नो आफन्त एक महिना मात्र घुमेर फिर्ता हुने बताएपछि कुरा अझ रहस्यमय बनेको थियो । यिनै प्रमाणका आधारमा उनको अष्ट्रेलिया प्रवेश अस्वीकृत गर्दै उनलाई फिर्ता पठाइएको छ । फिर्ता पठाउनुअघि उनलाई ब्रोडमेडोज बन्दी गृहमा राखिएको थियो । युवतीसँग अधिकारीहरुले करिब सात घण्टा सोधपुछ गरेका थिए । घटनापछि एसबीएस पन्जावीलाई प्रतिक्रिया दिँदै मेलबर्नमा रहेका उनका आफन्तहरुले आफुहरुलाई उनले सर्टिफिकेटहरु ल्याएको बारेमा थाहा नभएको बताएका छन् । यदि त्यस्तो गर्ने थाहा भएको भए नगर्न भन्ने प्रतिक्रिया पनि उनीहरुको छ ।

पछिल्लो समय अष्ट्रेलिया आइसकेका भिजिटर भिसावाहकले पनि पढ्ने अनुमति पाउने गरेका छन् । यसरी भिजिटर भिसामा आउने र यहाँ आएर पढाईका लागि आवेदन दिनेहरुको संख्या बढ्दै गएको छ ।

भारत फर्किँदै गर्दा मलेसियाको एयरपोर्टमा ४८ घण्टाको ट्रान्जिटमा बसेकी उनले आफुलाई हत्कडी लगाएर अमानवीय व्यवहार भएको प्रतिक्रिया दिइन् । “यदि यस्तो हुन्छ भन्ने थाहा भएको भए म अष्ट्रेलिया आउने नै थिइनँ ।” उनको प्रतिक्रिया छ ।







सम्बन्धित समाचारहरू

राष्ट्रपति विद्यादेवी भण्डारी र हमिदबीच भेट, स्वतन्त्रता संग्राममा नेपाली सहयोगको प्रशंसा
अष्ट्रेलियाका गभर्नर जनरलले व्यक्त गरे नेपालको पुननिर्माण र विकासप्रति चासो
डढेलो पीडित अष्ट्रेलियनलाई नेपाली समूदायको सहयोग, एनआरएन अष्ट्रेलियाले संकलन गर्दै
अष्ट्रेलियाको न्यूसाउथवेल्समा डढेलोको प्रकोप जारी, ६ सय विद्यालयहरु बन्द
गँजेडी ‘बाबा’ प्रहरी नियन्त्रणमा, ठगी गरेको आरोप !
क्यानबेरा आइपुगे नयाँ राजदूत दाहाल, बुधबार ओहोदाको प्रमाणपत्र पेश गर्ने
अंग्रेजलाई गुरिल्ला युद्धमा हराउने वंशु गुरुङका सन्तानले सम्झे पितापुर्खा
रुपज्योतिलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश
error: Content is protected !!