सरकारले सातै प्रदेशका प्रमुखलाई हटायो, नयाँ नियुक्ति सोमबार हुने


सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषले निर्णय गरेर पदमुक्तका लागि राष्ट्रपतिकहाँ पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तत्कालीन देउवा सरकारले उनीहरुलाई नियुक्त गरेको थियो । मतदानबाट नयाँ म्यान्डेट आइसकेको अवस्थामा चुनाव गराउने सरकारले प्रदेश प्रमुखहरु तोकेको थियो । बन्न लागेका नयाँ प्रधानमन्त्रीसँग छलफल नगरी उसले निर्णय गरेको भन्दै नेकपा रुष्ट बनेको थियो । तत्कालीन समयमा नेकपाले यी सबै निर्णयलाई एकै पटक खारेज गर्ने बताएपनि सर्वोच्च अदालतमा मुद्दा गर्ने र त्यहाँबाट थमौती गर्ने क्रम बढेपछि सरकारले तत्कालै यो निर्णय लिएन । यस घटनाक्रममा प्रतिक्रिया दिँदै काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले मुठभेड निम्त्याउन खोजेको बताएका छन् । उनले आफ्ना शीर्ष नेताहरुसँग छलफल गरी काँग्रेसले आगामी बाटो लिने पनि बताएका छन् । 

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो।

प्रदेश १ को प्रमुख भएका सुब्बा कांग्रेसका कार्यकर्ता थिए । यस्तै प्रदेश २ को प्रमुख बनेका रत्नेश्वर लाल कायस्थ पूर्वप्रशासकका साथै संघीय फोरमका सचिव थिए ।

प्रदेश ३ को प्रमुख बनेकी अनुराधा कोइराला माइती नेपालकी संस्थापक, प्रदेश ४ को प्रमुख बनेका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता, प्रदेश ५ का प्रदेश प्रमुख बनेका उमाकान्त झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका मन्त्री तथा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी थिए ।

यता प्रदेश ६ को प्रमुख नियुक्त भएका सुर्खेतका दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता थिए । भने ७ नम्बरका प्रमुख बनेका मोहनरत्न मल्ल तत्कालिन प्रधानम्न्त्री शेरबहादुर देउवा निकट थिए ।







सम्बन्धित समाचारहरू

राष्ट्रपति विद्यादेवी भण्डारी र हमिदबीच भेट, स्वतन्त्रता संग्राममा नेपाली सहयोगको प्रशंसा
अष्ट्रेलियाका गभर्नर जनरलले व्यक्त गरे नेपालको पुननिर्माण र विकासप्रति चासो
डढेलो पीडित अष्ट्रेलियनलाई नेपाली समूदायको सहयोग, एनआरएन अष्ट्रेलियाले संकलन गर्दै
अष्ट्रेलियाको न्यूसाउथवेल्समा डढेलोको प्रकोप जारी, ६ सय विद्यालयहरु बन्द
गँजेडी ‘बाबा’ प्रहरी नियन्त्रणमा, ठगी गरेको आरोप !
क्यानबेरा आइपुगे नयाँ राजदूत दाहाल, बुधबार ओहोदाको प्रमाणपत्र पेश गर्ने
अंग्रेजलाई गुरिल्ला युद्धमा हराउने वंशु गुरुङका सन्तानले सम्झे पितापुर्खा
रुपज्योतिलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश
error: Content is protected !!