सुनकोशी नदीमा बस खस्दा १७ जनाको मृत्यु, केही बेपत्ता


दोलखाको मागादेउरालीबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको चौतारा सांगचोकगढी नगरपालिका ९ सुकुटे र चेहेरे स्थित अरनिको राजमार्गबाट सुनकोशी नदीमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काप्लेका अनुसार नदीमा खसेको बसबाट १७ जना यात्रुको शव निकालिएको छ । अन्य यात्रुहरु नदीमा हराइरहेको बताइएको छ । सो बसले ४० जना भन्दा बढी यात्रु बोकेर राजधानी जाँदै गरेको प्रत्यक्षदर्शीले बताएका छन ।
बस नदीमा पुरै डुबेको थियो । सो कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । केही यात्रु नदीले बगाएको जानकारी प्राप्त भएको छ ।

रासस समाचार अनसार सनाखत हुनेमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी छ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका–३ की ५१ वर्षीया रत्नकुमारी राउत, सोही स्थानका तीन वर्षीय बालक सिसन तामाङ छन् । केही शव नदीले बगाउँदै गरेको अवस्थामा निकालिएको छ । तीव्र गतिका कारण सो बस अनियिन्त्रत भई दुर्घटना भएको जिप्रकाले बताएको छ । 
मृतकहरुमा बढी महिला र बालबालिका रहेका छन् । नदीमा डुबेको सो बस साँझ ५ बजेतिर सडकमा उतारिएको छ । उतारिएको बसमा कोही पनि यात्रु नभेटिएको डिएसपी काप्लेले भन्नुभयो ।
दुर्घटनामा परेका चालक धनबहादुर तामाङ र एक बालकको उद्धार गरिएको छ । चालक तामाङको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि भुलिखेल अस्पताल रिफर गरिएको छ । बगाएका यात्रुहरुको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । उद्धार गरिएका मध्य ६ जना गम्भिर घाइते छन् ।
दोलखाको शैलुङ्गेश्वरी यातयातको उक्त बस आइतबार दिउँसो १ बजेर १५ मिनेट जाँदा अरनिको राजमार्गबाट सिधै सुनकोशी नदीमा खसेको थियो । घाइतेहरुको दोलालघाटस्थित प्राथमिक स्वास्थ्य केन्द«, खाडीचौरको सदाबहार अस्पताल, धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उद्धार कार्यमा सुरक्षाकर्मी र स्थानीय जुटेका थिए ।







सम्बन्धित समाचारहरू

राष्ट्रपति विद्यादेवी भण्डारी र हमिदबीच भेट, स्वतन्त्रता संग्राममा नेपाली सहयोगको प्रशंसा
अष्ट्रेलियाका गभर्नर जनरलले व्यक्त गरे नेपालको पुननिर्माण र विकासप्रति चासो
डढेलो पीडित अष्ट्रेलियनलाई नेपाली समूदायको सहयोग, एनआरएन अष्ट्रेलियाले संकलन गर्दै
अष्ट्रेलियाको न्यूसाउथवेल्समा डढेलोको प्रकोप जारी, ६ सय विद्यालयहरु बन्द
गँजेडी ‘बाबा’ प्रहरी नियन्त्रणमा, ठगी गरेको आरोप !
क्यानबेरा आइपुगे नयाँ राजदूत दाहाल, बुधबार ओहोदाको प्रमाणपत्र पेश गर्ने
अंग्रेजलाई गुरिल्ला युद्धमा हराउने वंशु गुरुङका सन्तानले सम्झे पितापुर्खा
रुपज्योतिलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश
error: Content is protected !!