ब्रिसबेनमा पहिलो पटक मनाईयो छठ पूजा, अर्को पटकदेखि नदी किनारामै मनाउने !


विदेशको भूमि, व्यस्त जीवन । तर, आफ्नो धर्म, कला, संस्कृति र पर्व परम्पराहरुलाई अघि बढाउने उत्कट ईच्छा । यसैकाबिच ब्रिसबेनमा यस पटक छठ पर्व मनाईयो । अष्ट्रेलियामा सन् २०१२ देखि नै छठ पूजा सार्वजनिक रुपमा आयोजना गर्ने क्रम मेलबर्नबाट सुरु भएको हो । यससँगै नेपालीहरुको ठूलो बाहुल्यता रहेको सिड्नीमा पनि छठ मनाउन थालियो । यस पटकबाट ब्रिसबेनमा पनि छठ पर्व मनाईएको छ । सुर्यदेवको अराधना उपासना गरिने यो पर्वको मुख्य दिन अस्ताउँदो सूर्यको पूजा गरिन्छ भने त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि पूजा सकिन्छ । ब्रिसबेनमा आयोजना गरिएको छठ पूजा चन्दन घिमिरे, सुरज गुप्ता र डा रोशन साहको प्रयास आयोजना गरिएको थियो । 

पुजामा श्रद्धालुहरुको उल्लेख्य उपस्थिति थियो । अर्को बर्षदेखी ताल, तलाउ या नदी किनारामा सार्वजनिक रुपमा नै छठ पूजा गर्ने योजना छ ब्रिसबेनमा । डा. रोशन शाहका अनुसार यसका लागि आवश्यक व्यवस्थापनको काम अहिलेदेखि नै सुरु गरिसकिएको छ ।

सुर्य उपासनाको मोहक पध्द्ती मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पुजा गरिन्छ ।
परिवार को सुख ,सम्रिधी, शान्ति र लोक कल्यान को लागि कठोर् ब्रत बसी यो पुजा गरिन्छ ।







सम्बन्धित समाचारहरू

नेपाली सेनाले भोलि चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदै
कोरोनाका कारण लाउन्ड्रीमा काम गर्ने सिड्नीका सयजनाभन्दा बढी नेपालीले काम गुमाए !
संविधान संशोधनको विषयमा काँग्रेसले माग्यो छलफलका लागि थप समय
गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली भित्रिए : आधा क्वारेन्टाइनमा, आधा गाउँघरमा
चीनको राष्ट्रिय मिडियाले अष्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भनेपछि बबाल !
नेपालमा थप ७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६८२,मृत्यु हुनेको संख्या ४ पुग्यो
वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भइ अन्त्येष्टि गरिसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो
error: Content is protected !!