गीतकार दिनेश अधिकारी मेलबर्नमा, १० नोभेम्बर साहित्यिक जमघट हुँदै !


मदन पुरस्कार विजेता गीतकार दिनेश अधिकारी यतिबेला अष्ट्रेलिया भ्रमणमा छन् । हालै ब्रिसबेनमा कार्यक्रम सम्पन्न गरेका उनले मेलबर्नमा लक्ष्मी जयन्तीको अवसरमा आगामी १० नोभेम्बरमा साहित्य संगीत जमघटमा सहभागिता जनाउने भएका छन् । साहित्य संगीत जमघटका पेशल लुईंटेलका अनुसार यस पटकको जमघटमा प्रमुख अतिथिको रुपमा दिनेश अधिकारी रहनेछन् । अधिकारीले आफ्ना साहित्य वाचन गर्नुका साथै मेलबर्नका साहित्यानुरागीहरुको सिर्जना समेत सुन्नेछन् । स्थानीय कोबर्ग लाईब्रेरीको हलमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा सहभागी हुन लुईटेलले सबैलाई आग्रह गरेका छन् । 

को हुन् अधिकारी ?

“तिमी जुन रहरले ममा फुल्न आयौ” र “यो संझिने मन छ म बिर्सु कसोरी” सहित करिब ५ सयभन्दा बढी रेकर्डेड गीतका सर्जक अधिकारीले १० वर्षको उमेरदेखिनै कविता लेख्न थालनी गरेका हुन् । अधिकारीका कविता संग्रह ‘संवेदनाको स्वर’ लाई भारतको अग्रणी प्रकाशन संस्था राजकमल प्रकाशनले हिन्दीमा प्रकाशन गरेको छ । अधिकारीका कवितालाई डा। गंगाप्रसाद अकेलाले हिन्दीमा अनुवाद गरेका हुन् । नेपाली कविताको विधिपूर्वक यसरी हिन्दी भाषामा अनुवाद गरेर भारतमै प्रकाशन गरिएको सम्भवतः यो पहिलो घटना हो । अधिकारीकै प्रतिनिधि कविता ‘मोड अफ लाइफ’ सन् २००९ मा अंग्रेजी भाषामा प्रकाशन भइसकेको छ । वि‍.सं. २०७४ साउन २६ मा जारी गरिएको फरक धारको पुस्तक ‘तस्वीरको कथा’ कवि तथा अधिकारीले सार्वजनिक गरे । नेपालमा पहिलोपटक लेखिएको र सबै वर्ग, पेशा र उमेरका मानिसले रुचाउने पुस्तक भनेर अभि सुवेदीले र प्रसिद्ध गायक प्रेमध्वज प्रधानले एेतिहासिक महत्व भएको पुस्तक भनेर पुस्तकबारे टिप्पणी गर्नुभएको थियो । कवि तथा गीतकार दिनेश अधिकारीले पुराना तथा नयाँ आफ्ना चर्चित गीतहरुको सङ्ग्रहलाई पुस्तकको आकार दिई २०७५ सालमा साङ्ग्रिला बुक्सद्वारा प्रकाशनमा ल्याएका छन् । उनले पुस्तकको नाम आफ्नो चर्चित गीत ‘यो सम्झिने मन छ म बिर्सु कसोरी’ बाट राखेका छन् ।

आफ्नो स्थापनाकालको दुईसय वर्ष मनाउने क्रममा अमेरिकास्थित लाइब्रेरी अफ कङ्ग्रेसले विश्वका कृति सङ्कलन गर्दै आइरहेको छ र विश्व साहित्यलाई स्वराङ्कन गर्ने थालनी दक्षिण एसियाबाट थालेसंगै नेपालका पहिलो चरणमा छानिएका ११ जना सहित्यकारमध्ये अन्य केही साहित्यकार लगायत कवि दिनेश अधिकारीको स्वराङ्कन गरिसकिएको छ । विभिन्न कालजयी गीतका सर्जक अधिकारीले मदन पुरस्कारलगायत अन्य थुप्रै पुरस्कार पाएका छन् ।







सम्बन्धित समाचारहरू

अष्ट्रेलियाका गभर्नर जनरलले व्यक्त गरे नेपालको पुननिर्माण र विकासप्रति चासो
डढेलो पीडित अष्ट्रेलियनलाई नेपाली समूदायको सहयोग, एनआरएन अष्ट्रेलियाले संकलन गर्दै
अष्ट्रेलियाको न्यूसाउथवेल्समा डढेलोको प्रकोप जारी, ६ सय विद्यालयहरु बन्द
क्यानबेरा आइपुगे नयाँ राजदूत दाहाल, बुधबार ओहोदाको प्रमाणपत्र पेश गर्ने
मेलबर्नमा ईन्टरनेशनल डम्प्लींग फेष्टिभल, ५० हजार दर्शकले अवलोकन गरेको दावी
गीतकार दिनेश अधिकारी मेलबर्नमा, १० नोभेम्बर साहित्यिक जमघट हुँदै !
ब्रिसबेनमा पहिलो पटक मनाईयो छठ पूजा, अर्को पटकदेखि नदी किनारामै मनाउने !
भिजिटर भिसामा अष्ट्रेलिया आउँदा शैक्षिक प्रमाणपत्र बोक्ने युवती डिपोर्ट
error: Content is protected !!