मेलबर्नमा ईन्टरनेशनल डम्प्लींग फेष्टिभल, ५० हजार दर्शकले अवलोकन गरेको दावी


मेलबर्नमा ईन्टरनेशनल डम्प्लींग फेष्टिभल सम्पन्न भएको छ । सोमबार आयोजना गरिएको फेष्टिभलमा ५० हजार दर्शकले सहभागिता जनाएको आयोजक सोलांगचरले जनाएको छ ।

International Dumpling Festival in Melbourne – Photo by : Prayush Manandhar Photography

संस्थाका निर्देशक राजु शाक्यले दिएको जानकारी अनुसार ५० हजार दर्शकहरुले ईन्टरनेशनल डम्प्लींग फेष्टिभलमा सहभागिता जनाए । मेलबर्न कपको अघिल्लो दिन क्वीन भिक्टोरिया मार्केटमा आयोजना गरिएको फेष्टिभल मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म चलेको थियो । खाना, शैक्षिक परामर्श, रियल स्टेटसहित कूल ३२ वटा स्टल रहेका थिए । फेष्टिभलमा चिनियाँ डम्प्लींग, नेपाली म:म:, भारतीय समोसा, टिबेटन म:म:,  जपानी गोजो लगायतका परिकार पस्किएको थियो । यसअघि संस्थाले मम फेष्टिभल आयोजना गरेको भएपनि यस पटक यो दायरालाई अझ फराकिलो बनाउँदै अन्तर्राष्ट्रिय डम्प्लींग फेष्टिभल आयोजना भएको हो । म:म:लाई चिनियाँहरुले डम्प्लींग भन्ने गर्दछन् ।







सम्बन्धित समाचारहरू

नेपाली सेनाले भोलि चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदै
कोरोनाका कारण लाउन्ड्रीमा काम गर्ने सिड्नीका सयजनाभन्दा बढी नेपालीले काम गुमाए !
संविधान संशोधनको विषयमा काँग्रेसले माग्यो छलफलका लागि थप समय
गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली भित्रिए : आधा क्वारेन्टाइनमा, आधा गाउँघरमा
चीनको राष्ट्रिय मिडियाले अष्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भनेपछि बबाल !
नेपालमा थप ७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६८२,मृत्यु हुनेको संख्या ४ पुग्यो
वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भइ अन्त्येष्टि गरिसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो
error: Content is protected !!