उपनिर्वाचनको मनोनयन दर्ता आज


आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति  आजदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा  आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।    

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका, २०७६ को दफा २२ को अनुसूची–५ र स्थानीय तहका लागि स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ५ को अनुसूची–१ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नुपर्नेछ ।







सम्बन्धित समाचारहरू

राष्ट्रपति विद्यादेवी भण्डारी र हमिदबीच भेट, स्वतन्त्रता संग्राममा नेपाली सहयोगको प्रशंसा
डा. केसीले तोडे अनसन
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पुगे भक्तपुर
अंग्रेजलाई गुरिल्ला युद्धमा हराउने वंशु गुरुङका सन्तानले सम्झे पितापुर्खा
नेपाल भारत सीमा विवाद, उपर्युक्त च्यानलबाट कुरा हुने, प्रधानमन्त्रीले सिधै उच्चस्तरीय वार्ताको पहल गर्ने
सीमा विवादबारे छलफल गर्न आज प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय छलफल
उपनिर्वाचनको मनोनयन दर्ता आज
दैलेखमा बेस क्याम्प बनाएरै पेट्रोलको उत्पादन सम्भाव्यता अध्ययन गर्दै चिनियाँ टोली
error: Content is protected !!