रुपज्योतिलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश


काठमाडौ जिल्ला अदालतले पूर्व अर्थराज्यमन्त्री एवं व्यवसायी रुप ज्योति र उहाँकी छोरी सुरुचिलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्योतिलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसअघि अदालतले ठगीको आरोपमा पक्राउ गर्नुभएका ज्योति र उहाँकी छोरीलाई यसअघि तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो । दोस्रो पटक अदालतले हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो । काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताउनुभयो ।
ठगी आरोपमा प्रहरीले बिहीबार ज्योतिलाई विमानस्थलबाट पक्राउ गरेको थियो । सिंगापुरबाट स्वदेश फर्कने क्रममा उहाँलाई नियन्त्रणमा लिइएको थियो ।







सम्बन्धित समाचारहरू

विद्यार्थीलाई आँशुमा डुबाउने ‘हुन्डीवाला’सँग पैसा फिर्ता गर्ने लिखित सहमति !
तनहुँका दिपेन्द्र मेलबर्नको फुटस्क्रेमा मृत फेला !
अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !
डाक्टरको सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले यसरी ठोक्यो गोली !
जनवरी ७ मा सिड्नीबाट नेपाल पर्यटन वर्ष २०२०अभियानको सुरुवात गरिने
उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता, खोजी गर्दै प्रहरी !
error: Content is protected !!