अष्ट्रेलियाको न्यूसाउथवेल्समा डढेलोको प्रकोप जारी, ६ सय विद्यालयहरु बन्द


अष्ट्रेलियाको जंगलमा लागेको डढेलो सिड्नीको बाहिरी क्षेत्रसम्म आइपुगेको छ । अहिले पनि तीन सय ठाउँहरुमा आगलागी जारी रहेको आकस्मिक सेवाका अधिकारीहरुले जानकारी दिएका छन् । कम्तिमा एक लाख हेक्टरमा डढेलो फैलिएको उनीहरुले जनाएका छन् । डेढेलो नियन्त्रण टोलीले अहोरात्र खटिएर यसलाई रोक्ने प्रयास गरेपनि यसले कैयौं घरहरु क्षति गराएको छ । न्यूसाउथवेल्समा राज्यव्यापी आपतकाल घोषणा यसअघि नै गरिसकिएको थियो । सिड्नीको मुख्य शहरबाट उत्तरतर्फ १५ किलोमिटरकै दूरीमा पनि डढेलो आइपुगेको छ । स्थानीय तुर्रामुरा क्षेत्रमा रहेको मक्वाएरी युनिभर्सिटी क्षेत्रमा डढेलो नियन्त्रक हवाईजहाजबाट डढेलो रोक्ने गुलावी रंगको केमिकलसहितको पानी खसाइएको छ । आगलागी रोक्ने प्रयासमा अग्नी नियन्त्रणहरु घाइते समेत भएका छन् । न्यूसाउथवेल्सको ग्रामीण आगलागी नियन्त्रण सेवाका आयुक्त सेन फिजसिमोन्स भन्छन्, हामीले धेरै गर्न बाँकी छ । मौसम अझ बढी खराब हुनुअघि नै यी नियन्त्रण गर्न कठीन हुने हाम्रो अनुमान छ । पानी पर्ने कुनै लक्षण छैन यसले चिन्ता बढाएको छ ।
डढेलोको त्रासका कारण न्यूसाउथवेल्सका ६ सय भन्दा बढी विद्यालयहरु बन्द गरिएको छ । शुक्रबार डढेलो संकट घोषणा गर्नेबेलासम्म तीन जनाको ज्यान गइसकेको छ भने १ सय ७० भन्दा बढी घरहरु जलेर क्षतिग्रस्त भएका छन् । आगोलागी नियन्त्रणका लागि तीन हजारभन्दा बढी नियन्त्रकहरु खटिएका छन् । उनीहरुलाई सहायता गर्नका लागि न्यूजिल्याण्डबाट, अन्य राज्यहरुबाट समेत नियन्त्रणहरु आइरहेका छन् । साथै उनीहरुलाई सेनाले समेत सघाएको छ । अधिकारीहरुले अहिलेको न्यूसाउथवेल्सको डढेलोलाई सन् २००९ को भिक्टोरियाको आगोलागीसँग तुलना गरिरहेका छन् जतिबेला १ सय ७३ जना व्यक्तिले ज्यान गुमाएका थिए ।
अन्य स्टेटमा के भएको छ ?
यसैबीच, क्वीन्सल्याण्डले पनि डढेलो संकटकाल घोषणा गरेको छ । जहाँ ५५ ठाउँमा डढेलो लागेको बताइएको छ । यस्तै साउथ अष्ट्रेलियामा पनि दर्जनभन्दा बढी ठाउँमा डेढेलो लागेको छ । वेष्टर्न अष्ट्रेलियामा पनि सावधानी अपनाउनका लागि अधिकारीहरुले चेतावनी दिएका छन् ।







सम्बन्धित समाचारहरू

विद्यार्थीलाई आँशुमा डुबाउने ‘हुन्डीवाला’सँग पैसा फिर्ता गर्ने लिखित सहमति !
तनहुँका दिपेन्द्र मेलबर्नको फुटस्क्रेमा मृत फेला !
अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !
डाक्टरको सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले यसरी ठोक्यो गोली !
जनवरी ७ मा सिड्नीबाट नेपाल पर्यटन वर्ष २०२०अभियानको सुरुवात गरिने
उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता, खोजी गर्दै प्रहरी !
error: Content is protected !!