अष्ट्रेलियाका गभर्नर जनरलले व्यक्त गरे नेपालको पुननिर्माण र विकासप्रति चासो


अष्ट्रेलियाका गभर्नर जनरल डेभिड हर्लेले नेपालमा महाभूकम्पपछिको पुननिर्माण र विकासको विषयमा चासो व्यक्त गरेका छन् । बुधबार आफ्नै निवासमा आयोजना गरिएको विशेष कार्यक्रममा नेपालका नवनियुक्त राजदूत महेशराज दाहालको ओहोदाको प्रमाणपत्र बुझिसकेपछि भएको कुराकानीमा उनले दाहालसँग आफ्नो सन् २०१६ को भ्रमणको उल्लेख गर्दै नेपालको पुननिर्माणका विषयमा चासो व्यक्त गरेका थिए । ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रममा राजदूत दाहालले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश गभर्नर जनरललाई दिएका थिए । उनले नेपाल र अष्ट्रेलियाबीचको ६ दशकभन्दा लामो सम्बन्धको चर्चा गर्दै यसलाई व्यापार, पर्यटन तथा लगानीको माध्यमबाट मजबुत बताउनुपर्ने बताएका थिए । ओहोदाको प्रमाणपत्र बुझाउनुअघि उनलाई अष्ट्रेलियन सैनिक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा अष्ट्रेलियाको विदेश मन्त्रालयका अधिकारीहरुका साथै नेपाली दूतावासका अधिकारी पनि सम्मिलित थिए । यस्तै राजदूत दाहालको साथमा उनकी पत्नी प्रभा दाहाल सुवेदी पनि थिइन् । 







सम्बन्धित समाचारहरू

विद्यार्थीलाई आँशुमा डुबाउने ‘हुन्डीवाला’सँग पैसा फिर्ता गर्ने लिखित सहमति !
तनहुँका दिपेन्द्र मेलबर्नको फुटस्क्रेमा मृत फेला !
अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !
डाक्टरको सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले यसरी ठोक्यो गोली !
जनवरी ७ मा सिड्नीबाट नेपाल पर्यटन वर्ष २०२०अभियानको सुरुवात गरिने
उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता, खोजी गर्दै प्रहरी !
error: Content is protected !!