बालिका बलात्कार गर्ने दुईजनालाई साढे एघार वर्षको जेल सजाय तोकियो


सर्वोच्च अदालतले बैतडीकी एक स्कुले किशोरी पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजायँ सुनाएको छ । 
तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको यस अघि उनीहरूलाई सफाइ दिने फैसलालाई उल्टाउँदै न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासलले पीडकलाई साढे ११ वर्षको जेल सजायँ तथा पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश गरेको हो ।
सर्वोच्च अदालतका सहायक प्रवत्ता देवेन्द्र ढकालका अनुसार बलात्कार कसुरमा साढे छ वर्ष र सामुहिक बलात्कारको कसुरमा पाँच वर्ष गरी कुल साढे ११ वर्ष कैद सजाय सुनाएको हो । साथै अदालतले पीडक दुबै जनाबाट जनही साढे दुई लाख गरी पाँच लाख र सरकारका तर्फबाट पाँच लाख गरी पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिनु पर्ने फैसला सुनाएको छ ।

Facebook Comments





सम्बन्धित समाचारहरू

मिल्डुरा विद्यार्थी कुटपिटका आरोपी घले यसो भन्छन्….!
अष्ट्रेलिया सरकारले नयाँ घर बनाउने वा मर्मत गर्नेलाई २५ हजार डलर अनुदान दिने
डढेलो र कोरोनाको कारण अष्ट्रेलियाको अर्थतन्त्र २९ वर्षपछि मन्दीमा !
नेपाली सीमा मिचेको विषयमा न्यूजिल्याण्डबाट मोदीलाई खबरदारी !
काँग्रेसका ८ मधेशी सांसदले दर्ता गराएको संशोधन वैधानिक कि अवैधानिक !
आपतमाथि थपिएको विपद, बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो !
अमेरिकाको ३० शहरमा विरोध प्रदर्शन, घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिन निलम्बन
दिनमा २५ सयका दरले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने यस्तो छ तयारी
error: Content is protected !!