चुरोटको धुँवाले फोक्सो नै कालो भएको पाएपछि प्रत्यारोपण गर्ने काम नै रोकियो


एकजना ३० वर्षदेखि चेनस्मोकरको फोक्सोको भिडियो सार्वजनिक भएको छ । यस भिडियोलाई हेरेपछि चुरोटले फोक्सोमा कस्तो असर गरिरहेको छ स्पष्ट देख्न सकिन्छ । ६२ वर्षका चिनियाँ बिरामीले मृत्युपछि आफ्नो फोक्सो दान गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । मृत्युपछि चिकित्सकले शल्यक्रिया गरेर अर्को ब्यक्तिमा प्रत्यरोपणका लागि फोक्सो निकाल्दा उनीहरु आफैं छक्क परे ।
उक्त सुविधा दिने अस्पतालका उपाध्यक्ष समेत रहेका प्रत्यारोपण विशेषज्ञ डाक्टर चेनले शल्यक्रियाको नेतृत्व गरेका थिए । उनले भने, “मृत्यु अघि बिरामीले सीटी स्क्यान गराएइको थिएन, उनको ब्रेन डेड’भएको घोषणा गरियो, लगत्तै फोक्सो दान गरियो ।” 
“प्रारम्भिक अक्सिजेनेशन सूचकाङ्क ठीकै थियो, तर हामीले दान गरिएको अङ्ग काटेपछि प्रत्यारोपण गर्न नसक्ने महसुस गर्यौं”, डाक्टर चेनले भने – हामी चिनीयाँ चुरोट धेरै खान्छौं, तर चुरोट खाने सबैको फोक्सो स्वीकार नगर्ने अव्यवहारिक हुन जान्छ, यद्दपी केही मापनका आधारहरू छन् । डेली मेलले आफ्नो समाचारमा जनाएको छ ।
तात्कालै मृत्यु भएको ६० वर्ष मुनिका ब्यक्तिको फोक्सो सामान्य संक्रमण रहेको र एक्स रे गर्दा अपेक्षाकृत सफा देखिनेको स्वीकार गर्दै आएको डाक्टर चेनले बताए । “यदी माथिको मापनहरू ठीक छन् भने हामी प्रत्यरोपण गर्न तयार हुन्छौं”, उनले प्रष्ट पारे ।
राष्ट्रिय मुटु तथा फोक्सो संस्थानका प्राध्यापक पिटर ओपनशौले बिरामीको फोक्सामा ‘पल्मोनरी इम्फाइज्मा’को संक्रमण देखियो, परिणामतः अङ्ग सुन्निने र श्वासप्रश्वासमा समस्या देखिएको थप बिस्तार गरे । । लगत्तै डाक्टर चेनले सामाजिक सञ्जालमा शल्यक्रियाको भिडियो अपलोड गर्दै लेखे, “धुम्रपान त्यागौं ।” उनले लेखे, “थुप्रै धुम्रपान गर्ने ब्यक्तिको फोक्सो यस्तो देखिएको छ, हाम्रो समूहले यस्तो फोक्सो अस्वीकार गर्ने निर्णय गरेको छ, यदी तपाई अत्याधिक धुम्रपान गर्नुहुन्छ भने तपाईको फोक्सो स्वीकारिन्न ।”डाक्टर चेन थप लेख्छन्, “यी फोक्सामाथि हेरेर तपाई अझै धुम्रपान गर्ने आँट गर्नुहुन्छ ।”
वर्ष २०१८ मा चिनीयाँ रोग निवारण तथा उन्मूलन संस्थानले गरेको अध्ययनले ३५ करोड ब्यक्ति धुम्रपान गर्छन् ।
विश्व स्वास्थ्य संगठनले वर्ष २०१८ मा गरेको अध्ययन बमोजिम नेपालमा धुम्रपानले वार्षिक २७ हजार १३७ ब्यक्तिको मृत्यु हुँदै आएको छ । जुन कुल मृत्युको १४।९ प्रतिशत हो ।







सम्बन्धित समाचारहरू

पूर्वसभामुख कृष्णबहादुर महराले छुटेपछि भने, मलाई साथ दिने सबैलाई धन्यवाद
नेपाल अष्ट्रेलिया कुटनीतिक सम्बन्धको काठमाडौंमा मनाइयो ६० औं उत्सव !
नेपाली समाजको नयाँ दृश्य, २८ प्रतिशतले रक्सी खान्छन्, २५ प्रतिशत ब्लड प्रेसरका बिरामी
नेपाल अष्ट्रेलिया सम्बन्ध ६ दशकमा, के भने नेपालका परराष्ट्र मन्त्रीले ?
चीनबाट १ सय ८० नेपालीलाई फिर्ता ल्याइँदै, १४ दिन क्वारेन्टाईनमा
नेपाल अष्ट्रेलिया कुटनीतिको ६० औंं वर्षगाँठ : अष्ट्रेलियाको संसदमा सन्दिप लामिछाने र सन्दुक रुइतको चर्चा
लाईसेन्स लिने उमेर १६ बाट १८ बनाउने तयारी, रोकिएला त सडक दुर्घटना ?
कामदार चौधरीले मुना कार्कीको हत्या गरेको सीसीटिभी फुटेज बाहिरियो
error: Content is protected !!