प्रधानमन्त्री ओलीले पाँच वर्ष नै सरकार चलाउने, प्रचण्ड बने नेकपाको कार्यकारी अध्यक्ष


नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले पार्टीको सम्पूर्ण काम हेर्ने कार्यकारी अधिकार सहितको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

यस्तै सरकारको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता नरायणकाजी श्रेष्ठले भन्नुभयो, अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुनुहुने छ र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्द्रित हुने छ । 

यो कार्य विभाजन पछि पनि उहाँहरुको मर्यादाक्रम भने यथावत नै रहने बैठकपछि प्रवक्ता नरायणकाजी श्रेष्ठले बताउनुभयो ।

सचिवालय बैठकमा मन्त्रिपरिषद्को हेरफेर बारे केही छलफल नभएको र यो प्रधानमन्त्रीको अधिकारको विषय भएकाले प्रधानमन्त्रीेले तुरुन्तै हेरफेर गर्नु हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद बैठकमा आफूले कुनै पनि महत्वपूर्ण निर्णय गर्ने बताउनु भए पछि आज मन्त्रीहरूको हेरफेरको निर्णय हुने संभावना रहेको छ ।

स्रोतका अनुसार अध्यक्षद्वयको कार्य विभाजनका सम्बन्धमा निम्नानुसार निर्णय गरियोः
(अध्यक्ष कमरेडहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरियताक्रम यथावत रहने ।
(अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी काममा केन्द्रित हुने । बैठक संयुक्त (अध्यक्षतामा सञ्चालन गर्ने । आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड पुष्पकमल दाहाल प्रचण्डले गर्ने ।
( प्रतिनिधिसभाको यो कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने ।
(पार्टी र सरकार सञ्चालन अध्यक्षद्वय बीचको आपसी सल्लाहमा गर्ने । पार्टी सञ्चालन गर्दा वैधानिक व्यबस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।







सम्बन्धित समाचारहरू

विद्यार्थीलाई आँशुमा डुबाउने ‘हुन्डीवाला’सँग पैसा फिर्ता गर्ने लिखित सहमति !
तनहुँका दिपेन्द्र मेलबर्नको फुटस्क्रेमा मृत फेला !
अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !
डाक्टरको सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले यसरी ठोक्यो गोली !
जनवरी ७ मा सिड्नीबाट नेपाल पर्यटन वर्ष २०२०अभियानको सुरुवात गरिने
उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता, खोजी गर्दै प्रहरी !
error: Content is protected !!