एडिलेडमा नेपाली माझ टेनिसको लोकप्रियता, तेश्रो टेनिस प्रतियोगिता सम्पन्न


नेप्लिज टेनिस क्लव अष्ट्रेलियाले तेश्रो टेनिस प्रतियोगिता आयोजन गरेको छ। हरेक बर्ष झै यस बर्ष पनि नेपालीहरुको उल्लेखनीय सहभागिता रहयो। ए र बी डिभिजनमा छुट्याइएको प्रतियोगितामा सिंगल र डब्बल दुबै खेल खेलाइएको थियो । यो बर्ष डिभिजन ए बाट डब्बलमा प्रवीण गुरागाई र भेष थापाको जोडीले राजु केशी र बल्लु भण्डारीको जोडीलाई( ६-४ र ६-२) सोझो सेटमा हराएका छन् । ए डिभिजनको सिगंलमा उमेश बुढाथोकीले भेष थापालाई (६-२ र ७-५) को सोझो सेटमा जित हात पारेका छन्। अर्को तर्फ डिभिजन बी को डब्बलमा रविन्द्र गौतम र नविन कडेंलको जोडीले सागर श्रेष्ठ र श्याम वोहराको जोडीलाई गराउदै उपाधी हात पार्न सफल भए। यस्तै डिभिजन बी सिंगल तर्फको फाइनलमा भने भुवन सापकोटा संग रविन्द्र गौतम पराजित हुन पुगेका छन्।यस्तै फ़ेयर प्ले अवार्ड डिभिजन ए बाट दिपेन गुरुङ र बी बाट अर्जुन लम्साललाई प्रदान गरिएको थियो। प्रतियोगितामा करिब ४० खेलाडीको सहभागिता रहेको आयोजकले बताए। कार्यक्रमको अन्त्यमा नेप्लिज टेनिस अष्ट्रेलियाका अध्यक्ष सुपक अधिकारी, उपाध्यक्ष राजु केशी र क्यापकन होमलोन एडिलेडका अशोक केशीले खेलाडीहरुलाई पुरस्कार र ट्रफी दिएर सम्मान गरेका थिए भने कार्यक्रमको संचालन क्लवका सचिव बल्लु भण्डारीले गरेका थिए। आगामी दिनमा टेनिसलाई नेपाली माझ अझ ब्यापक बनाउदै लाने क्लवका कोषाध्यक्ष सुरज कुँवरले बताउदै किड्स प्रतियोगिता, गाला डिनर र मेम्बरसिप ड्राईभ अब क्लवका मुख्य कार्यक्रम रहेको र क्यालेन्डर बनाएर क्लव अगाडी बढ्ने योजना रहेको समेत उनले बताए ।







सम्बन्धित समाचारहरू

दशरथ रंगशालामा भव्य बन्यो साग खेलकुदको उद्घाटन !
युरोपको एस्टलभिल्ला टिममा नेपाली मूलकी अस्मिता आले खेल्दै !
सागको तयारीमा यस्तो देखियो दशरथ रंगशाला, आईतबारको उद्घाटनको रिहर्सल शुक्रबार
एडिलेडमा नेपाली माझ टेनिसको लोकप्रियता, तेश्रो टेनिस प्रतियोगिता सम्पन्न
ईमर्जिंङ कप क्रिकेट, बङ्गलादेशसँग ८ विकेटले पराजित, निरीह नेपाल बाहिरियो
ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय टिमको क्याप्टेन, ऐरी उपकप्तान
एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना, प्रशिक्षक पनि कारबाहीमा
पारस खड्काले आबुधावीमा टी १० लिग क्रिकेट खेल्ने तय, १० लाख पारिश्रमिक
error: Content is protected !!