प्रधानमन्त्री केपी शर्मा ओलीले गरे मन्त्रिपरिषद्को पुनर्गठन, मन्त्रीहरुको नामावली यस्तो !


प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष मन्त्रिपरिषद् पुनर्गठनको सिफारिश गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार मन्त्रिपरिषद्मा ईश्वर पोखरेल उपप्रधानमन्त्री एवं रक्षामन्त्रीमा यथावत छन् भने उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट हटाएर कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । गृहमन्त्रीमा रामबहादुर थापा बादल यथावत छन् भने प्रदिपकुमार ज्ञवाली पनि परराष्ट्र मन्त्रीमा यथावत राखिएको छ । यस्तै हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइउको छ । गिरीराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा यथावत छन् भने वर्षमान पुनले पनि ऊर्जा, जलश्रोत र सिंचाई मन्त्रालयमा थमौती पाएका छन् । घनश्याम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै भानुभक्त ढकालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ । लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् भने योगेश कुमार भट्टराई पर्यटन मन्त्री यथावत छन् । शक्ति बस्नेत वन मन्त्री, रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएका छन् । यस्तै अर्थमन्त्री युवराज खतिवडा यथावत छन् भने मोहम्मद ईस्तियाक राई सहरी विकास मन्त्री भएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा यथावत छन् भने गोकुल बास्कोटाले पनि सञ्चार मन्त्रालयमै थमौती पाएका छन् । पद्मा अर्याल भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा यथावत छिन् । यस्तै विना मगर पनि खानेपानी मन्त्रीमा यथावत छिन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रघुवीर महासेठको ठाउँमा बसन्तकुमार नेम्वांग आएका छन् । यस्तै पार्वत गुरुंग महिला, बालबालिका मन्त्री बनेका छन् भने उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा मोतिलाल दुगडलाई ल्याइएको छ । स्वास्थ्य जनसंख्या राज्यमन्त्रीमा नवराज रावत र सहरी विकास राज्यमन्त्रीमा रामवीर मानन्धरलाई नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार गर्ने तयारी छ ।

Facebook Comments





सम्बन्धित समाचारहरू

मिल्डुरा विद्यार्थी कुटपिटका आरोपी घले यसो भन्छन्….!
अष्ट्रेलिया सरकारले नयाँ घर बनाउने वा मर्मत गर्नेलाई २५ हजार डलर अनुदान दिने
डढेलो र कोरोनाको कारण अष्ट्रेलियाको अर्थतन्त्र २९ वर्षपछि मन्दीमा !
नेपाली सीमा मिचेको विषयमा न्यूजिल्याण्डबाट मोदीलाई खबरदारी !
काँग्रेसका ८ मधेशी सांसदले दर्ता गराएको संशोधन वैधानिक कि अवैधानिक !
आपतमाथि थपिएको विपद, बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो !
अमेरिकाको ३० शहरमा विरोध प्रदर्शन, घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिन निलम्बन
दिनमा २५ सयका दरले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने यस्तो छ तयारी
error: Content is protected !!