लक्ष्य १०, उठ्यो २० हजार डलर, अष्ट्रेलियाका अग्नी नियन्त्रकहरुलाई एनआरएनको सहयोग !


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले यहाँका हालैको विनाशकारी डँढेलो नियन्त्रण गर्न खटिएका अग्नी नियन्त्रकहरुलाई २० हजार डलर सहयोग गरेको छ । न्यूसाउथवेल्सको ग्रामीण ग्रामीण अग्नी सेवालाई २० हजार डलर सहयोग गरिएको हो । हालै न्यूसाउथवेल्सका विभिन्न क्षेत्रमा लागेको डढेलोमा परी कैयौं मानिसहरुले घर गुमाएका छन् भने विस्थापित भएका छन् । आपतमा परेका मानिसहरुको सहयोगका लागि खटिएका अग्नी नियन्त्रकहरुलाई अष्ट्रेलियामा बस्ने नेपाली समूदायका सदस्यहरुले यो सहयोग गरेका हुन् । मात्र तीन दिनमा १० हजार डलर सहयोग संकलन गरेर बुझाउने लक्ष्य राखिएपनि २० हजार डलर संकलन भएको हो । एनआरएनले आफ्ना सदस्यहरुसहित अष्ट्रेलियामा बस्ने नेपाली समूदायका सदस्यहरुसँग आह्वान गरिएको थियो । सिड्नीको ओलम्पिक पार्कमा अवस्थित ग्रामीण अग्नी सेवाका कमिश्नर साने फित्जीमोन्सलाई एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल नेतृत्वको टोलीले २० हजार डलरको चेक शुक्रबार हस्तान्तरण गरेको हो । चेक बुझ्दै कमिश्नर फित्जीमोन्सले अष्ट्रेलियाभरका २ हजार अग्नी नियन्त्रणहरुलाई यसले उत्साह थप्ने विचार व्यक्त गरे ।
एनआरएन अष्ट्रलियाले गोफन्डमी मार्फत सहयोगका लागि अपील गरेको थियो । संस्थाले यसअघि पनि अष्ट्रेलियामा भएका विभिन्न विपत्तिको समयमा सहयोग संकलन गरी हस्तान्तरण गरेको छ । एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको नेतृत्वमा सहयोग रकम हस्तान्तरण गर्न पुगेको टोलीमा एनआरएनका उपाध्यक्ष मन केसी, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष चुणमणि सापकोटा, कोषाध्यक्ष अनिल पोखरेल, युवा संयोजक ईर्साद अहमद, महिला संयोजक सन्ध्या शाह, कोमल पाठक, डिला खरेल लगायत थिए ।

Facebook Comments





सम्बन्धित समाचारहरू

मिल्डुरा विद्यार्थी कुटपिटका आरोपी घले यसो भन्छन्….!
अष्ट्रेलिया सरकारले नयाँ घर बनाउने वा मर्मत गर्नेलाई २५ हजार डलर अनुदान दिने
डढेलो र कोरोनाको कारण अष्ट्रेलियाको अर्थतन्त्र २९ वर्षपछि मन्दीमा !
नेपाली सीमा मिचेको विषयमा न्यूजिल्याण्डबाट मोदीलाई खबरदारी !
काँग्रेसका ८ मधेशी सांसदले दर्ता गराएको संशोधन वैधानिक कि अवैधानिक !
आपतमाथि थपिएको विपद, बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो !
अमेरिकाको ३० शहरमा विरोध प्रदर्शन, घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिन निलम्बन
दिनमा २५ सयका दरले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने यस्तो छ तयारी
error: Content is protected !!