एल्बाट्रोसको कन्सर्टको तयारी तिव्र, अष्ट्रेलियाका चार शहरमा गुन्जिने


नेपालको चर्चित रक व्याण्ड एल्बाट्रोसको अष्ट्रेलिया टूर यही डिसेम्बर १ तारिखबाट सुरु हुँदैछ । सिड्नीबाट सुरु हुने यो अष्ट्रेलिया ८ तारिख सिड्नीमै दोश्रो शो गरेपछि सकिनेछ । सिड्नीमा डिसेम्बर १ र ८ तारिख, मेलबर्नमा २ तारिख, ब्रिसबेनमा ३ तारिख र पर्थमा ६ तारिख कन्सर्ट गर्ने तयारी छ । पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय रहेको एल्बाट्रोसको यो टूरलाई रातको रानी नामाकरण गरिएको छ । सिड्नीको लायर, दि मेट्रो थियटरमा, मेलबर्नको बिलबोर्ड दि भेन्यूमा, बिसबेनको दि भ्याली ड्राईभ ईनमा र पर्थको कन्सर्ट दि चाल्र्स होटलमा गरिनेछ । मेलबर्न शोको आयोजक टूरलाईफ मेलबर्नका अनुसार २ डिसेम्बर सोमबार राति ८ बजेदेखि मेलबर्न सिटीमा अवस्थित बिलवर्ड भेन्यूको ढोका खुल्ला हुनेछ । अष्ट्रेलिया टूर अन्तर्गतको सिड्नीको शो सोल्डआउट भइसकेको र ८ तारिख दोश्रो शो थप गरिएको आयोजक थ्रीडी ईभेन्टसले जनाएको छ । अन्य कन्सर्टको टिकट टिकेटडिल डट कम डट एयूबाट खरिद गर्न सकिनेछ ।







सम्बन्धित समाचारहरू

अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !
मेलबर्नको भव्य कन्सर्टपछि सिड्नीमा अल्बाट्रोस डिसेम्बर ८ तारिखमा गुञ्जिदै
यो सप्ताहन्तमा रातो र चन्द्र सुर्जे तास्मानियामा गुञ्जिने !
भक्तपुरमा नेकपाका उम्मेद्वारलाई हराउँदै काँग्रेसका भँडेल विजयी
ईश्वर पोखरेलको ‘चौवीस घण्टै’मा मेलिना राईको साथ (भिडियोसहित)
एल्बाट्रोसको कन्सर्टको तयारी तिव्र, अष्ट्रेलियाका चार शहरमा गुन्जिने
अष्ट्रेलिया बसेर कुखुरीलाई चारो हाल्दै गायक दिपक थापा !
गीतकार दिनेश अधिकारी मेलबर्नमा, १० नोभेम्बर साहित्यिक जमघट हुँदै !
error: Content is protected !!