अष्ट्रेलियाको सिड्नीमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ !


अष्ट्रेलियामा नेपालीहरुको संख्या बढेसँगै विभिन्न घटनामा संलग्न हुनेहरुको संख्या पनि बृद्धिको चरणमा छ । शनिबार राति सिड्नीको ग्रानभिलमा एक नेपाली मूलका दम्पत्तिबीच दुखद घटना भएको छ । प्रहरीले घटनास्थलबाट घाइते अवस्थामा एक युवकलाई अस्पताल लगेको थियो भने निज युवककी श्रीमति पनि घाइते अवस्थामा नै थिइन् । दुबैजनालाई घटनास्थलमा सामान्य उपचारपछि अस्पताल लगिएको थियो । अस्पतालमा युवकलाई मृत घोषित गरियो । युवा स्थानीय एक मोटर ग्यारेजमा काम गर्ने व्यक्ति भएको बताइएको छ । नेपाली मूलका उनी गौतम थरका हुन् । उनको ३४ वर्षीय श्रीमतीलाई अस्पतालमा सामान्य उपचारपछि घटना गराएको आशंकामा प्रहरीले थुनामा राखेको छ । आज विहान अदालतमा पेश गरिएकोमा अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरी थप अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले घरेलु हिंसाको घटना भएको आशंका गरेको छ भने यस विषयमा थप जानकारी कसैलाई भएमा क्राईम स्टपर्सको नम्बर 1800 333 000 मा फोन गरेर सूचना दिन पनि आग्रह गरेको छ । गौतम दम्पत्तिको एक छोरी छिन् ।

Facebook Comments





सम्बन्धित समाचारहरू

मिल्डुरा विद्यार्थी कुटपिटका आरोपी घले यसो भन्छन्….!
अष्ट्रेलिया सरकारले नयाँ घर बनाउने वा मर्मत गर्नेलाई २५ हजार डलर अनुदान दिने
डढेलो र कोरोनाको कारण अष्ट्रेलियाको अर्थतन्त्र २९ वर्षपछि मन्दीमा !
नेपाली सीमा मिचेको विषयमा न्यूजिल्याण्डबाट मोदीलाई खबरदारी !
काँग्रेसका ८ मधेशी सांसदले दर्ता गराएको संशोधन वैधानिक कि अवैधानिक !
आपतमाथि थपिएको विपद, बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो !
अमेरिकाको ३० शहरमा विरोध प्रदर्शन, घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिन निलम्बन
दिनमा २५ सयका दरले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने यस्तो छ तयारी
error: Content is protected !!