प्रधानमन्त्री केपी शर्मा ओलीको अपरेसन सकियो, अस्पतालबाट डिस्चार्ज हुन समय लाग्ने


एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन सकिएको छ । सफल शल्यक्रिया भएको बताइए पनि चिकित्सकहरुले संक्रमणको खतरा रहेका कारण केही दिन अस्पतालमै राख्नुपर्ने भनिसकेका छन् ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सम्पन्‍न भएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सर्जन द्वय डा. रमेशसिहं भण्डारी र डा.पलेस्मा जोशीले शल्यक्रिया गरेका हुन् । प्रधानमन्त्री ओलीको आज १२ बजेर ४५ मिनेटमा सफलतापूर्वक अपरेसन सम्पन्न भएको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । 

प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा। दिव्या सिंहको टोलीले पनि अप्रेशन थिएटरमै रहेर निगरानी गरेको थियो बताइएको छ । डा. भण्डारीको टोलीले नेपालमै पहिलो पटक त्रिवि शिक्षण अस्पतालमै कलेजेको सफल प्रत्यारोपण गरेको थियो। प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेशनका लागि त्रिवि शिक्षण अस्पतालबाट डाक्टर भण्डारीको नेतृत्वमा चिकित्सक मगाइएको थियो। सोमबार रातभर पेट दुखेर पखाला लागेपछि प्रधानमन्त्रीलाई उपचारका लागि त्यहाँ भर्ना गरिएको थियो। आईसीयूमा राखेर थप उपचार गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।







सम्बन्धित समाचारहरू

विद्यार्थीलाई आँशुमा डुबाउने ‘हुन्डीवाला’सँग पैसा फिर्ता गर्ने लिखित सहमति !
तनहुँका दिपेन्द्र मेलबर्नको फुटस्क्रेमा मृत फेला !
अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !
डाक्टरको सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले यसरी ठोक्यो गोली !
जनवरी ७ मा सिड्नीबाट नेपाल पर्यटन वर्ष २०२०अभियानको सुरुवात गरिने
उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता, खोजी गर्दै प्रहरी !
error: Content is protected !!