एनआरएन अष्ट्रेलियामा मनोनयनको सकस, बैठक अनिर्णित


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन सकिएको करिब ६ महिना हुँदैछ । यसबीचमा दुई निर्देशक प्रवक्ता र पब्लिक अफिसर सहित केही पदहरुमा मनोनयन हुन सकेको छैन । गत शनिबार भएको एनआरएन अष्ट्रेलियाको बैठकमा सहमति जुट्न नसकेपछि मनोनयन रोकिएको छ । एनआरएन अष्ट्रेलिया यहाँको संघीय संस्थाको रुपमा दर्ता भई १५ जना बोर्ड सदस्य तोकिएको अवस्थामा थप दुई बोर्ड सदस्य कसलाई बनाउने भन्ने विषय टुंगो लागिसकेको छैन ।

बैठकमा तीन जना एनसीसी सदस्यहरुको नाम अध्यक्ष केशव कँडेलले प्रस्ताव गरेपनि त्यसमा विवाद भएको थियो । विधानतः अध्यक्षले सिफारिश गर्ने र त्यही नामलाई कार्यसमितिले अनुमोदन गर्नुपर्ने अध्यक्षको बुझाई र छलफलबाट कार्यसमितिले निर्णय गर्नुपर्ने अन्य सहभागी बोर्ड सदस्यहरुको भनाईले मनोनयन रोकिएको बुझिएको छ । यस विषयमा सम्पर्क गर्दा अध्यक्ष केशव कँडेलले गत शनिबारको बैठकमा छलफल भएपनि निर्णय भने नभएको पुष्टि गरे । उनले अबको बैठकले मनोनयनको टुंगो लगाउने जानकारी दिए । 

अष्ट्रेलियाको एक राज्यका संयोजक एवं बोर्ड सदस्यले एमएनटीभीसँग कुरा गर्दै विधानको विषयमा चर्काचर्की परेको बताए । उनले भने, “अध्यक्षले हामीलाई नै विधान पढेर आउन भन्नुभयो । तर, उहाँ आफैंले नियुक्ति कसरी हुन्छ, त्यसको आधार के हो भन्ने बुझ्नुभएको रहेनछ । बहुमत पुग्न नसक्ने देखिएपछि मनोनयन रोकिएको हो ।” बैठकमा सहभागी अर्का एक सदस्यले भने, “चुनावको बेला लिखितमा, मौखिकमा र भिडियोमा के के प्रतिबद्धता जनाइएको थियो त्यही प्रतिबद्धतालाई लाद्न खोज्दा निर्णय हुन नसकेको हो ।”

अध्यक्ष कँडेलले एनसीसी सदस्यमा दुर्गा आचार्य, पूर्णनाथ घिमिरे र प्रजिता गेलाललाई प्रस्ताव गरेका थिए भने पब्लिक अफिसरमा कोमल पाठकको नाम प्रस्ताव भएको थियो । पाठक यसअघि प्रवक्ता बन्ने चर्चा थियो ।







सम्बन्धित समाचारहरू

विद्यार्थीलाई आँशुमा डुबाउने ‘हुन्डीवाला’सँग पैसा फिर्ता गर्ने लिखित सहमति !
तनहुँका दिपेन्द्र मेलबर्नको फुटस्क्रेमा मृत फेला !
अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !
डाक्टरको सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले यसरी ठोक्यो गोली !
जनवरी ७ मा सिड्नीबाट नेपाल पर्यटन वर्ष २०२०अभियानको सुरुवात गरिने
उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता, खोजी गर्दै प्रहरी !
error: Content is protected !!