अश्लिल भिडियो पूर्वप्रेमिकाको परिवारलाई पठाएपछि एडिलेडमा एक नेपाली युवा पक्राउ


एक २५ वर्षीय नेपाली युवा एडिलेडमा पक्राउ परेका छन् । उनी पूर्वप्रेमिकालाई धम्की दिएको आरोपमा पक्राउ परेका हुन् । उनले दुईबीचको अन्तरंग भिडियो र फोटो पूर्वप्रेमिकाको बेलायतमा रहेका परिवारलाई पठाई यसलाई सार्वजनिक गरिदिने धम्की दिएका थिए । निजको साथबाट संघीय प्रहरीले मोबाईल र ल्यापटप पनि बरामद गरेको छ । यस किसिमको पहिलो घटनाको अनुसन्धान गरिरहेको अष्ट्रेलियाको संघीय प्रहरीले अभियुक्तलाई व्यक्तिगत यौनजन्य दृश्य र तस्वीरहरु फैलाएको आरोपमा पक्राउ गरेको छ । सरकारी वकिलले युवक र उसको प्रेमिका बेलायतमा रहँदा अत्यन्त निकट प्रेम सम्बन्धमा रहेको र गएको जुनमा दुई वर्षीय विद्यार्थी भिसामा युवक अष्ट्रेलिया आएको थियो । युवक यता आएपछि युवतीले अर्कैसँग बिहे गरेकी थिइन् । तर, अष्ट्रेलिया आएपछि युवकले युवतीको श्रीमानलाई फोन गर्दै पहिलेका तस्वीर र भिडियोको स्क्रिनसट पठाएको थियो । यतिमात्र होइन, निजले यी सबै भिडियो ईन्टरनेटमा अपलोड गरेर सार्वजनिक गरिदिने धम्की पनि दिएको थियो । बेलायतका प्रहरीले यस घटनाको अनुसन्धान गर्दै निजले पठाएका केही स्क्रिनसटहरु हेरेका पनि थिए । त्यसपछि बेलायतको प्रहरीले अष्ट्रेलियन प्रहरीसँग समन्वय गरी पक्राउ गर्न आग्रह गरेको थियो । निज युवकलाई अदालतमा पेश गरिएकोमा अदालतले एक महिनाको म्याद दिएर प्रहरीलाई थप अनुसन्धान गर्न भनेको छ । प्रहरीले निजले नेपाली भाषामा पठाएका सन्देशहरुलाई अनुवाद गर्दैछ ।







सम्बन्धित समाचारहरू

विद्यार्थीलाई आँशुमा डुबाउने ‘हुन्डीवाला’सँग पैसा फिर्ता गर्ने लिखित सहमति !
तनहुँका दिपेन्द्र मेलबर्नको फुटस्क्रेमा मृत फेला !
अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !
डाक्टरको सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले यसरी ठोक्यो गोली !
जनवरी ७ मा सिड्नीबाट नेपाल पर्यटन वर्ष २०२०अभियानको सुरुवात गरिने
उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता, खोजी गर्दै प्रहरी !
error: Content is protected !!