विवाह पञ्चमीको रौनक, भारतबाट आएका जन्तीको राष्ट्रपतिबाट स्वागत


अयोध्याबाट आएका जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको छ । राष्ट्रपति भण्डारीसँगै पर्यटनमन्त्री योगेश भट्टराइ र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालपनि कार्यक्रममा सहभागि हुनुहुन्थ्यो । विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई राष्ट्रपति भण्डारीले स्वागत तथा सम्मान गर्नुभएको हो । 

जनकपुरधामस्थित रंगभूमि मैदान बाह्र बिघामा आयोजित कार्यक्रममा राष्टपति भण्डारीले जन्तीलाई दोसल्ला र फूलमाला लगाई स्वागत गर्नुभएको थियो । उहाँले ऋषि विश्वामित्रको भूमिकामा रहेका अयोध्याका सन्त रामेश्वर दासजी महाराज, दशरथको भूमिकामा रहेका कन्हैया दास, साध्वी राधा देवी, साध्वी निलम देवी लगायत जन्तीलाई सम्मान तथा स्वागत गर्नुभएको थियो । सोही मञ्चमा राष्ट्रपति भण्डारीलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले जनकपुरधामको रामानन्दद्वारको प्रतिक दिएर सम्मान गरेका थिए।







सम्बन्धित समाचारहरू

उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
स्वास्थ्यलाभ गरिरहेको प्रधानमन्त्री ओलीको भनाई, काममा फर्किन आतुर
विवाह पञ्चमीको रौनक, भारतबाट आएका जन्तीको राष्ट्रपतिबाट स्वागत
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार
अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या १८ पुग्याे १३ घाइते
प्रधानमन्त्री केपी शर्मा ओलीको अपरेसन सकियो, अस्पतालबाट डिस्चार्ज हुन समय लाग्ने
बढी शुल्क लिएका मेडिकल कलेजलाई शुल्क फिर्ता गर्ने आज अन्तिम दिन, नत्र पक्राउ गरिने
error: Content is protected !!