स्वास्थ्यलाभ गरिरहेको प्रधानमन्त्री ओलीको भनाई, काममा फर्किन आतुर


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य बारे जानकारी दिन मनमोहन कार्डियो भास्कुलर तथा टान्सप्लान्ट सेन्टरको गहन उपचार कक्षबाट भिडियो सन्देश जारी गर्नुभएको छ ।

सो सन्देशमा आफ्नो स्वस्थ्य सुधार भईरहेको र उपचार राम्ररी अगाडि बढेको बताउनु भएको छ । प्रधानमन्त्रीको आधिकारीक वेभसाइटमा ट्वीट मार्फत जारी भिडियो सन्देशमा प्रधामन्त्री ओलीले आफू अहिले साथिभाइहरूसँग कुरा गर्न, समाचारहरू हेर्न सक्ने अबस्थामा रहेको बताउनु भएको छ ।

सन्देशमा प्रधानमन्त्रीले आफूले आइतबारको साफ खेलकुद लाइभ हेरेको र साफको उद्घाटन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उद्घाटन गरिदिनु भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा सहभागी सबैलाई धन्यवाद दिनु भएको छ ।

Prime Minister KP Oli

आफु स्वास्थ्यलाभ गरिरहेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई । केही दिनमै काममा फर्किन आतुर Video by : Prime Minister's secretariat

Posted by My Nepal TV (MNTV)- Australia on Monday, December 2, 2019

प्रधानमन्त्रीको सम्बोधनको पूर्णअंश

एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ ।

एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ, मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा र अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहररू र सार्क क्षेत्रका खेलाडीहररू र सबैलाई आग्रह गर्दछु ।’







सम्बन्धित समाचारहरू

नेपाली सेनाले भोलि चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदै
कोरोनाका कारण लाउन्ड्रीमा काम गर्ने सिड्नीका सयजनाभन्दा बढी नेपालीले काम गुमाए !
संविधान संशोधनको विषयमा काँग्रेसले माग्यो छलफलका लागि थप समय
गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली भित्रिए : आधा क्वारेन्टाइनमा, आधा गाउँघरमा
चीनको राष्ट्रिय मिडियाले अष्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भनेपछि बबाल !
नेपालमा थप ७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६८२,मृत्यु हुनेको संख्या ४ पुग्यो
वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भइ अन्त्येष्टि गरिसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो
error: Content is protected !!