नेपथ्य यतिबेला अष्ट्रेलियाको टूरमा छ । यसैक्रममा यो सप्ताहन्त आईतबार डिसेम्बर ८ तारिखका दिन तास्मानियामा कन्सर्ट हुने भएको छ । तास्मानियामा पहिलो पटक नेपथ्यको कन्सर्ट हुन लागेको हो । तास ईभेन्टसले आयोजना गरेको कन्सर्टलाई लिएर दर्शकहरु उत्साही छन् । तास्मानियाको कन्सर्टको मुख्य प्रायोजक कँडेल कन्सल्टेन्सी रहेको छ । तास्मानियामा पछिल्लो समय धेरै नेपालीहरु पुगेका छन् । यस्तै नेपालीभाषी भुटानीहरुको पनि ठूलो संख्यामा यहाँ बसोबास रहेको छ । तास्मानियामा नेपाली भाषा अंग्रेजीपछिको सबैभन्दा धेरै बोलिने भाषा हो । यिनै विविध कारणले यस पटकको नेपथ्य कन्सर्ट भव्य बन्ने आयोजक संस्थाका साथै स्वयं नेपथ्यका व्याण्ड सदस्यहरुको पनि छ ।