राष्ट्रिय सभाको चुनावमा नेकपा र राजपाबीच सहकार्य, दुई दुई सिट बाँडफाँड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको छ । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको जनाइएको छ ।

महिला र दलित कोटामा रहेको दुई सिटमा नेकपालाई र अन्य पुरुष, अपाङ्गता वा अल्पसंख्यक कोटामा रहेको दुई सिटमा राजपालाई दिने सहमति भएको हो । 

त्यसैगरी, दुई पार्टीबीच आगामी दिनमा पनि राष्ट्रिय राजनीतिका समसामयिक नियमित रुपमा छलफल र सहकार्यको प्रक्रियालाई अगाडि बढाउने सहमति भएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजपाका संयोजक राजेन्द्र महतोले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सहमतिको लागि बसेको बैठकमा नेकपा सचिवालय सदस्य इश्वर पोखरेल, पार्टी महासचिव विष्णुप्रसाद पौडेल र स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङको उपस्थिति रहेको थियो ।

त्यसैगरी, राजपाको तर्फबाट राजपा अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, महेन्द्र यादव, शरदसिंह भण्डारी र राजकिशोर यादव उपस्थिति हुनुभएको थियो ।







सम्बन्धित समाचारहरू

मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित
अग्नि सापकोटा प्रतिनिधि सभाको समाभुखमा निर्विरोध निर्वाचित
अग्नी सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय, उपसभामुख तुम्बाहाम्फेको राजीनामा आउने
सगरमाथा आरक्षणको जग्गा लिजमा दिएको विषयमा छानविन गर्ने प्रधानमन्त्री ओलीको भनाई
बामदेव गौतम बने नेपाल कम्युनिष्ट पार्टीको उपाध्यक्ष, विधान पनि संशोधन
राष्ट्रिय सभाको चुनावमा नेकपा र राजपाबीच सहकार्य, दुई दुई सिट बाँडफाँड
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेन, अब शुक्रबार प्रयास गरिने
पोखरामा नेकपाकी उम्मेद्वार विद्या भट्टराई विजयी, ८ हजार मतान्तर
error: Content is protected !!