भारतमा नागरिकता कानूनको विरोध, भएको के हो ?


संशोधनसहितको नागरिकता कानुनको विरोधमा भारतको विभिन्न राज्यमा शनिबार समेत प्रदर्शन भएको छ । कानुनको विरोधमा विभिन्न संघ संगठनले शनिबार संयुक्त रुपमा केन्द्रीय रेल्वे स्टेशनमा वृहत्त प्रदर्शन गरेको छ । उनीहरुले संशोधित कानुनको खारेजीको मागसहितको प्लेकार्ड र ब्यानर लिएर सडकमा उत्रिए ।
असम, मेघालय र पश्चिम बंगालमा पछिल्लो दुई दिनको अपेक्षा अवस्थामा सुधार आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तर उत्तर प्रदेशका विभिन्न सहरमा भने शुक्रबार र शनिबार हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शन हिंस्रक भएपछि प्रहरीले भारतको उत्तर प्रदेशको विभिन्न सहरबाट तीन हजार, पश्चिम बंगालमा ६०० र दिल्लीबाट १६ जनालाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकै क्रममा उत्तर प्रदेशमा ११ जनाको मृत्यु भएको छ । नागरिकता कानुनको विरोधमा प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या भने १४ पुगेको छ ।

उत्तरप्रदेशको लखनऊ, मुज्जफराबाद लगायतको स्थानमा प्रदर्शन हिंस्रक भएपछि ३८ प्रहरी घाइते भएका छन् ।
यसअघि बिहीबार विरोध तिब्र भएपछि राजधानी नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको थियो ।
भारतले नागरिकता कानुनमा संशोधन गरेपछि आसामबाट सुरु भएको विरोध प्रदर्शन अन्य राज्य हुँदै राजधानी दिल्लीसम्म पुगेको हो । आसाम, मेघालय र पश्चिम बंगालमा पछिल्लो दुई दिनको अपेक्षा अवस्थामा सुधार आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
तर उत्तर प्रदेशका विभिन्न सहरमा भने शुक्रबार र शनिबार हिंसात्मक प्रदर्शन भएको छ ।संशोधन बमोजिम अफगानिस्तान, पाकिस्तान र बङ्गलादेशबाट आउने हिन्दू, जैन, बौद्ध, सिश, पारसी र इसाई समुदायले उत्पीडनमा परेको प्रमाण पेश गरे नागरिकता पाउने व्यवस्था गरिएको छ ।







सम्बन्धित समाचारहरू

सांस्कृतिक सम्पदामा आक्रमण गर्ने ट्रम्पको भनाईको सर्वत्र आलाेचना
भारतमा नागरिकता कानूनको विरोध, भएको के हो ?
दुई सैन्य हेलिकप्टर जुद्घदा १३ फ्रान्सेली सैनिकको मृत्यु
चुरोटको धुँवाले फोक्सो नै कालो भएको पाएपछि प्रत्यारोपण गर्ने काम नै रोकियो
पाकिस्तानका प्रधानमन्त्री ईमरान खानको राजीनामा माग, दुई दिने अल्टिमेटम
तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार, आयन व्याट्री निर्माणमा योगदान
पृथ्वीको नजिक आएका छुद्रग्रह पत्ता लगाउन ईन्फ्रारेड टलिस्कोप बनाइँदै
इराकमा पछिल्लो हिंसामा मर्नेको संख्या २६ पुग्यो, सरकार विरोधी प्रदर्शन जारी
error: Content is protected !!