सगरमाथा आरक्षणको जग्गा लिजमा दिएको विषयमा छानविन गर्ने प्रधानमन्त्री ओलीको भनाई


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रष्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताउनुभएको छ ।

संगठन नेपालका पदाधिकारीहरूको शपथग्रहण समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । ‘कुन जमानामा सगरमाथा आरक्षको जग्गा लिजमा दिएको हो, कालीमाटीलाई लिजमा दिइयो, चुनाव हारिसकेपछि अल्पमतमा परेको सरकारका बेला बदमासी भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘उहिलेको मितिमा दिएको कुरामा अहिलेको सरकारलाई जोडियो, तर अहिलेको सरकार कमिशनखोर होइन, जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ।’ प्रधानमन्त्री ओलीले यति समूहलाई जग्गा लिजमा दिइएको बारे छानविन हुने बताउनुभयो ।

पहिले हचुवाका भरमा गोकर्ण रिसोर्टको जग्गा लिजमा दिइएको दाबी गर्दे उहाँले अहिले स्वतन्त्र विज्ञको सुझावका आधारमा सो जग्गा लिजमा दिइएको बताउनुभयो । ‘अवधि बाँकी रहँदै बन्द नहोस् भनेर लिजमा दिइएको प्रधानमन्त्रीको भनाइ थियो ।

सोही अवसरमा रेडियो नेपालका प्रमुख संवाददाता प्रमोद दाहाललाई अग्निशिखा पत्रकारिता पुरस्कार र ‘हृदयचन्द सिंह पत्रकारिता’ पुरस्कार सञ्चारकर्मी निर्मला शर्मालाई कदर पत्रसहित सम्मान गरिएको थियो । उक्त दुवै पुरस्कारको राशी रु एघार हजार एक सय एघार रुपिया रहेको छ ।

यसैगरी ‘वीरेन्द्र साह क्रियाशिल’ पत्रकारिता पुरस्कारबाट झापाका राजु अधिकारी, बझाङ्गका वसन्तप्रताप सिंह र सुनसरीकी समुद्रा प्याकुरेललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी जनही रु पाँच हजार रहेको छ ।

यस्त रु ५ हजार राशीको ‘डेकेन्द्र थापा पत्रकारिता पुरस्कार’ गोरखाका सुशिल अर्याल, धादिङका दिपक रिजाल र सल्यानकी मिना बुढाथोकीलाई प्रदान गरिएको छ । यसैगरी रु पाँच हजार राशी रहेको ‘पद्मलक्ष्मी–सावित्रि वस्नेत पत्रकारिता पुरस्कार’ खोटाङका दमन राई, रामेछापकी युनिकविफा घिसिङ र वागलुङकी रविना वोहरालाई प्रदान गरिएको छ ।







सम्बन्धित समाचारहरू

मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित
अग्नि सापकोटा प्रतिनिधि सभाको समाभुखमा निर्विरोध निर्वाचित
अग्नी सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय, उपसभामुख तुम्बाहाम्फेको राजीनामा आउने
सगरमाथा आरक्षणको जग्गा लिजमा दिएको विषयमा छानविन गर्ने प्रधानमन्त्री ओलीको भनाई
बामदेव गौतम बने नेपाल कम्युनिष्ट पार्टीको उपाध्यक्ष, विधान पनि संशोधन
राष्ट्रिय सभाको चुनावमा नेकपा र राजपाबीच सहकार्य, दुई दुई सिट बाँडफाँड
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेन, अब शुक्रबार प्रयास गरिने
पोखरामा नेकपाकी उम्मेद्वार विद्या भट्टराई विजयी, ८ हजार मतान्तर
error: Content is protected !!