सन्दिपको मेलबर्न स्टार्स बिगबास लिगको पहिलो स्थानमा, मेलबर्न रेनेगेड्स पराजित


नेपाली क्रिकेटर सन्दिप लामिछाने आबद्ध मेलबर्न स्टारले आफ्नो यात्रालाई कायम राख्दै उच्च स्थान सुरक्षित गरेको छ । बिगबास लिग अन्तर्गत शनिबार भएको खेलमा मेलबर्न स्टार्सले मेलवर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गर्‍यो। १ सय ४३ रनको लक्ष्य पछ्याउँदै रेनेगेड्सविरुद्ध जवाफी ब्याटिङ गरेको स्टार्सले १८ दशमलव ५ ओभरमा मात्रै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। स्टार्सका म्यार्कुस स्टोनीजले सर्वाधिक ६८ रन तथा ग्लेन म्याक्सवेल ४० रनमा अविजित रहे। बलिङतर्फ स्टार्सका नेपाली लेग स्पिनर सन्दिपले किफायती वलिङगर्दै ४ ओभरमा मात्र २६ रन खर्चेर तीन विकेट लिए। योसँगै सन्दिपले यस सिजन जारी लिगमा ६ विकेट लिन सफल भएका छन्। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रेनेगेड्ले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो। जितसँगै मेलबर्न स्टार्स १० अंकसहित लिगको शीर्ष स्थानमा यथावत रहँदा आफ्ना कुनैपनि खेल जित्न नसकेको रेनेगेड्स शून्य अंकसहित लिगको अन्तिममा छ। अन्य समयमा जस्तै शनिबारको खेल हेर्न पनि नेपाली दर्शकहरु ठूलो संख्यामा मेलबर्न क्रिकेट ग्राउन्डमा उपस्थित भएका थिए ।







सम्बन्धित समाचारहरू

नेपाल अष्ट्रेलिया कुटनीतिक सम्बन्धको काठमाडौंमा मनाइयो ६० औं उत्सव !
नेपाल अष्ट्रेलिया सम्बन्ध ६ दशकमा, के भने नेपालका परराष्ट्र मन्त्रीले ?
नेपाल अष्ट्रेलिया कुटनीतिको ६० औंं वर्षगाँठ : अष्ट्रेलियाको संसदमा सन्दिप लामिछाने र सन्दुक रुइतको चर्चा
झापाली समाज अष्ट्रेलियाको वार्षिकोत्सवमा रक्तदान !
एभरेष्ट भ्यू ट्राभल्सका पीडितहरुको तर्फबाट टोनु घोतानेले अदालतमा लड्दै, सम्पर्क गर्न आह्वान !
प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको अध्यक्षमा रमेश पाण्डे, सचिवमा कँडेल !
एभरेष्ट भ्यू ट्राभल्सको ठगी प्रकरण कानूनी समाधानको बाटोमा, एनआरएन र महावाणिज्यदूतावासले सघाउने !
कोरोना भाईरसबाट बच्न सरकारी अभियानलाई साथ दिन एनआरएन अष्ट्रेलियाको आग्रह
error: Content is protected !!