ललितानिवासका दलाल जग्गा व्यवसायी शोभाकान्त ढकालको घरमा विप्लवको बम


ललिता निवास बिक्री प्रकरणका मुख्य कारोबारी भनिएका शोभाकान्त ढकालको सानोभ¥याङस्थित नर्सरी चोकमा रहेको निवासमा बुधबार साँझ ८ बजेतिर बम विस्फोट भएको छ । विस्फोटमा ढकालको घरको एउटा प्रवेशद्वारको फलामको गेटमा क्षति पुगेको छ । 
साथै घरको कम्पाउण्डभित्र रहेको बा ५ च ९५५९ नम्बरको निजी कार पनि पूर्णरुपमा क्षति पुगेको छ भने ढकालका छिमेकीका केही घरका सिसा पनि फुटेका छन् । प्रत्यक्षदर्शीका अनुसार दुई महिलाले बम राखेर फर्कने क्रममा विस्फोट भएको र उनीहरु पनि चिच्याउँदै भागेको जानकारी दिएका छन् । तर ती महिला को हुन् भन्ने अझै खुल्न सकेको छैन । विस्फोट लगत्तै विप्लव माओवादीले यसकोजिम्मेवारी लिइसकेका छ ।
घटनाका बारेमा स्वयम्भू प्रहरी वृत्तका प्रहरी नायव निरीक्षक लालध्वज सुवेदीले घटनाको पुष्टि गर्दै दोषीको खोजी भइरहेको जानकारी दिनुभयो । घटनामा पैदल यात्रामा रहेका गोरखाका कुमार भट्टराई सामान्य घाइते भएको जानकारी प्राप्त भएको छ । उता ललिता निवासमा पनि प्रहरीले कडा निगरानी राखेको छ ।







सम्बन्धित समाचारहरू

पूर्वसभामुख कृष्णबहादुर महराले छुटेपछि भने, मलाई साथ दिने सबैलाई धन्यवाद
नेपाल अष्ट्रेलिया कुटनीतिक सम्बन्धको काठमाडौंमा मनाइयो ६० औं उत्सव !
नेपाली समाजको नयाँ दृश्य, २८ प्रतिशतले रक्सी खान्छन्, २५ प्रतिशत ब्लड प्रेसरका बिरामी
नेपाल अष्ट्रेलिया सम्बन्ध ६ दशकमा, के भने नेपालका परराष्ट्र मन्त्रीले ?
चीनबाट १ सय ८० नेपालीलाई फिर्ता ल्याइँदै, १४ दिन क्वारेन्टाईनमा
नेपाल अष्ट्रेलिया कुटनीतिको ६० औंं वर्षगाँठ : अष्ट्रेलियाको संसदमा सन्दिप लामिछाने र सन्दुक रुइतको चर्चा
लाईसेन्स लिने उमेर १६ बाट १८ बनाउने तयारी, रोकिएला त सडक दुर्घटना ?
कामदार चौधरीले मुना कार्कीको हत्या गरेको सीसीटिभी फुटेज बाहिरियो
error: Content is protected !!