क्यामेरामा आएर रोइन आस्था राउत, कमेन्टमा उल्टै दर्शकको गाली !


गायिका आस्था राउतको विमानस्थल काण्ड यतिबेला चर्चामा छ । उनले हतार भयो भन्दै कफी नै बोकेर सुरक्षा जाँचस्थल पार गर्न खोजपछि त्यहाँ रोक्ने क्रममा प्रहरीले तँ भनेर दुव्र्यवहार गरेको, आफ्नो हात समातेर न्याँक्न खोजेको उनले आरोप लगाएकी छिन् । यही आक्रोशमा आफुले प्रहरीको जरा सुधार गर्न सुझाव दिएको उनको स्पष्टीकरण छ । उनले करिब ३७ मिनेटको भिडियोमा स्पष्टीकरण दिएपनि महिला प्रहरीलाई डन्डा मुखबाट छिराएर अन्तैबाट निकालिदिन्छु भनेको के हो ? भन्ने खुलाएकी छैनन् । माफी मागेको नयाँ भिडियो यहाँ हेर्नुहोस्

Satya Dudh ko Dudh Pani ko Pani 🙏🏼

Posted by Astha Raut on Friday, January 17, 2020

यसअघि आस्थाको विमानस्थलको भिडियो पनि सार्वजनिक भएको छ । प्रहरीले लिक गराइदिएको या भिडियोमा आस्थाले हतार गरेको देख्न सकिन्छ । उनले आफुले लिएर आएको कफी त्यहीँ छोडेर जान खोज्दा त्यो लिएर जान भन्दा उनी रिसाएकी छिन् । विमानस्थलमा कुनै सामान छोड्न मिल्दैन । अझ झोल पदार्थ र पाउडरहरु त छोड्नै मिल्दैन । त्यसमा के छ ? कस्तो छ ? त्यसको जिम्मा कसले लिन्छ ? यहीकारण विमानस्थलभित्र जाँदा २० एमएलभन्दा बढी तरल पदार्थ लैजानै पाइँदैन । यस्तो २० एमएल तरल पदार्थ पनि सिल गरेर सुरक्षा अधिकारी समक्ष देखाउनुपर्ने हुन्छ । विदेश घुमेकी आस्थाल यति कुरा पनि नबुझको भनेर कमेन्टमा उनलाई गालीको वर्षा नै भएको छ ।







सम्बन्धित समाचारहरू

पूर्वसभामुख कृष्णबहादुर महराले छुटेपछि भने, मलाई साथ दिने सबैलाई धन्यवाद
नेपाल अष्ट्रेलिया कुटनीतिक सम्बन्धको काठमाडौंमा मनाइयो ६० औं उत्सव !
नेपाली समाजको नयाँ दृश्य, २८ प्रतिशतले रक्सी खान्छन्, २५ प्रतिशत ब्लड प्रेसरका बिरामी
नेपाल अष्ट्रेलिया सम्बन्ध ६ दशकमा, के भने नेपालका परराष्ट्र मन्त्रीले ?
चीनबाट १ सय ८० नेपालीलाई फिर्ता ल्याइँदै, १४ दिन क्वारेन्टाईनमा
नेपाल अष्ट्रेलिया कुटनीतिको ६० औंं वर्षगाँठ : अष्ट्रेलियाको संसदमा सन्दिप लामिछाने र सन्दुक रुइतको चर्चा
लाईसेन्स लिने उमेर १६ बाट १८ बनाउने तयारी, रोकिएला त सडक दुर्घटना ?
कामदार चौधरीले मुना कार्कीको हत्या गरेको सीसीटिभी फुटेज बाहिरियो
error: Content is protected !!