अग्नि सापकोटा प्रतिनिधि सभाको समाभुखमा निर्विरोध निर्वाचित


प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । नयाँ सभामुख निर्वाचित गर्न आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखका लागि सापकोटाको एकल उमेदवारी भएकाले प्रतिनिधि सभा नियमावली २०७५ को ७ (३) बमोजिम सापकोटा निर्विरोध निवार्वाचित भएको घोषणा गर्नुभयो ।

बैठकको शुरूमा सभामुखका रुपमा अग्नी सापकोटाको प्रस्तावक सुवासचन्द्र नेम्वाङले प्रस्ताव पेश गर्नुभएको थियो । त्यसपछि अग्नी सापकोटाका समर्थक देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गर्नुभएको थियो ।

सभामुख पद रिक्त रहेको बेला ज्येष्ठताका आधारमा प्रतिनिधि सभाको अध्यक्षताको जिम्मेवारी निर्वाह गर्न पाएकोमा ठाकुरले धन्यवाद व्यक्त गर्नुभयो ।  बैठकको अध्यक्षता ज्येष्ठ सदस्यका रूपमा महन्थ ठाकुरले गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार दिनको १ बजे बस्नेछ ।







सम्बन्धित समाचारहरू

पूर्वसभामुख कृष्णबहादुर महराले छुटेपछि भने, मलाई साथ दिने सबैलाई धन्यवाद
नेपाल अष्ट्रेलिया कुटनीतिक सम्बन्धको काठमाडौंमा मनाइयो ६० औं उत्सव !
नेपाली समाजको नयाँ दृश्य, २८ प्रतिशतले रक्सी खान्छन्, २५ प्रतिशत ब्लड प्रेसरका बिरामी
नेपाल अष्ट्रेलिया सम्बन्ध ६ दशकमा, के भने नेपालका परराष्ट्र मन्त्रीले ?
चीनबाट १ सय ८० नेपालीलाई फिर्ता ल्याइँदै, १४ दिन क्वारेन्टाईनमा
नेपाल अष्ट्रेलिया कुटनीतिको ६० औंं वर्षगाँठ : अष्ट्रेलियाको संसदमा सन्दिप लामिछाने र सन्दुक रुइतको चर्चा
लाईसेन्स लिने उमेर १६ बाट १८ बनाउने तयारी, रोकिएला त सडक दुर्घटना ?
कामदार चौधरीले मुना कार्कीको हत्या गरेको सीसीटिभी फुटेज बाहिरियो
error: Content is protected !!