अभद्र दुव्र्यवहार मुद्दामा राउतलाई चार दिन हिरासतमै राखेर प्रहरी अनुसन्धान


जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। अभद्र दुर्व्यवहार मुद्दामा राउतलाई म्याद थप गरी अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले जानकारी दिए। 

राउतले सोमबार बिहान महानगरीय प्रहरी कार्यालय काठमाडौंमा पुगेर आत्मसमर्पण गरेकी थिइन्। प्रहरीको खोजी सूचीमा रहेकी गायिका राउतलाई परिवारले प्रहरीमा हाजिर गराएको प्रहरीको दाबी छ।

राउतविरुद्ध त्रिभुवन विमानस्थलमा कार्यरत् प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोग छ। प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध दुर्व्यवहारको उजुरी दिएकी हुन्।







सम्बन्धित समाचारहरू

पूर्वसभामुख कृष्णबहादुर महराले छुटेपछि भने, मलाई साथ दिने सबैलाई धन्यवाद
नेपाल अष्ट्रेलिया कुटनीतिक सम्बन्धको काठमाडौंमा मनाइयो ६० औं उत्सव !
नेपाली समाजको नयाँ दृश्य, २८ प्रतिशतले रक्सी खान्छन्, २५ प्रतिशत ब्लड प्रेसरका बिरामी
नेपाल अष्ट्रेलिया सम्बन्ध ६ दशकमा, के भने नेपालका परराष्ट्र मन्त्रीले ?
चीनबाट १ सय ८० नेपालीलाई फिर्ता ल्याइँदै, १४ दिन क्वारेन्टाईनमा
नेपाल अष्ट्रेलिया कुटनीतिको ६० औंं वर्षगाँठ : अष्ट्रेलियाको संसदमा सन्दिप लामिछाने र सन्दुक रुइतको चर्चा
लाईसेन्स लिने उमेर १६ बाट १८ बनाउने तयारी, रोकिएला त सडक दुर्घटना ?
कामदार चौधरीले मुना कार्कीको हत्या गरेको सीसीटिभी फुटेज बाहिरियो
error: Content is protected !!