नेपालसँगै मेलबर्नमा यो वर्षको भेलेन्टाईन डेमा लभ डायरिज प्रदर्शन हुँदै !


यो वर्ष १४ फेब्रुअरी शुक्रबार परेको छ । हरेक साता शुक्रबार नेपाली चलचित्र रिलिज हुने क्रममा यस पटक लभ डायरिज रिलिज हुँदैछ । यही चलचित्रलाई नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज गर्ने तयारी गरिएको छ । यसैक्रममा शुक्रबार १४ फेब्रुअरीको दिन लभ डायरिजलाई मेलबर्नमा प्रदर्शन गर्ने तयारी गरिएको हो । कला ईन्टरटेन्मेन्टले प्रदर्शन गर्न लागेको चलचित्र नामै अनुसार लभ जनराको हो ।
स्थानीय चाईना टाउन सिनेमा हलमा शुक्रबार राति सवा सात बजे प्रदर्शन गरिनेछ ।
सौरभ चौधरी निर्देशित चलचित्र विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ भने, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् ।







सम्बन्धित समाचारहरू

दिपक थापा र शान्तिश्रीको देश फर्काउने गीत जान्छु नेपाल जान्छु चर्चामा !
नेपालसँगै मेलबर्नमा यो वर्षको भेलेन्टाईन डेमा लभ डायरिज प्रदर्शन हुँदै !
परम्परामा अर्को पाईला, थारुहरुले दोश्रो पटक मनाए सिड्नीमा माघी
ईपिंग वालर्ट नेप्लीज कम्युनिटीले ‘अष्ट्रेलिया डे’ उत्सवको रुपमा मनाउने !
क्यामेरामा आएर रोइन आस्था राउत, कमेन्टमा उल्टै दर्शकको गाली !
जनवरी २५ मा सिड्नीका तामाङहरुले सोनाम ल्होछार मनाउँदै
मेलबर्नमा योगा कक्षा हुँदै, डढेलो पीडितलाई सहयोग पनि जुटाइने
सिडनीमा थारू समुदायको दोस्रो माघी मेला हुदै !
error: Content is protected !!