झापाली समाज अष्ट्रेलियाको वार्षिकोत्सवमा रक्तदान !


नेपालको झापा घर भई अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुको संस्था झापाली समाज अष्ट्रेलियाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हालैका दिनमा विभिन्न प्राकृतिक विपत्तिका कारण अष्ट्रेलियामा रगतको अभाव भएपछि झापालीहरु जुर्मुराएका हुन् । हुनत हरेक वर्ष विभिन्न खाले गतिविधि गरी सामूदायिक कार्यमा समर्पित गरेको झापाली समाजले यसअघि पनि विभिन्न समयमा रक्तदान गर्दै आएको थियो । रक्तदान कार्यक्रमका संयोजक अशोक ओलीले एमएनटीभीसँग कुरा गर्दै भने, फेब्रुअरी ७ र ८ तारिख दुई दिन गरेर करिब २० जनाले रक्तदान गर्नुभएको छ । भर्खरैका विभिन्न प्राकृतिक विपत्तिका कारण रगतको अभाव हुन नपाओस् भनेर हामीले यो कार्यक्रम आयोजना गरेका हौं ।
संस्थाका नवनिर्वाचित अध्यक्ष उमेश पोखरेलले नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने विभिन्न कार्यक्रमसँगै दोश्रो पुुस्ताका लागि पनि आफुहरु क्रियाशील रहेको बताए । उनले रक्तदान कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिँदै अष्ट्रेलियामा बस्ने झापालीहरुको मात्र नभई समग्र नेपाली समूदायको सेवामा आफुहरु जुटको र नेपालमा शिक्षा र स्वास्थ्य सम्बन्धी परियोजनाहरुका लागि पहल अगाडि बढाएको जानकारी दिए ।







सम्बन्धित समाचारहरू

नेपाल अष्ट्रेलिया कुटनीतिक सम्बन्धको काठमाडौंमा मनाइयो ६० औं उत्सव !
नेपाल अष्ट्रेलिया सम्बन्ध ६ दशकमा, के भने नेपालका परराष्ट्र मन्त्रीले ?
नेपाल अष्ट्रेलिया कुटनीतिको ६० औंं वर्षगाँठ : अष्ट्रेलियाको संसदमा सन्दिप लामिछाने र सन्दुक रुइतको चर्चा
झापाली समाज अष्ट्रेलियाको वार्षिकोत्सवमा रक्तदान !
एभरेष्ट भ्यू ट्राभल्सका पीडितहरुको तर्फबाट टोनु घोतानेले अदालतमा लड्दै, सम्पर्क गर्न आह्वान !
प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको अध्यक्षमा रमेश पाण्डे, सचिवमा कँडेल !
एभरेष्ट भ्यू ट्राभल्सको ठगी प्रकरण कानूनी समाधानको बाटोमा, एनआरएन र महावाणिज्यदूतावासले सघाउने !
कोरोना भाईरसबाट बच्न सरकारी अभियानलाई साथ दिन एनआरएन अष्ट्रेलियाको आग्रह
error: Content is protected !!