नेपाल अष्ट्रेलिया कुटनीतिको ६० औंं वर्षगाँठ : अष्ट्रेलियाको संसदमा सन्दिप लामिछाने र सन्दुक रुइतको चर्चा


अष्ट्रेलियाको संसद भवनमा नेपाली क्रिकेटर सन्दिप लामिछाने र आँखा चिकित्सक सन्दुक रुइतको चर्चा भएको छ । सोमबार नेपाल र अष्ट्रेलियाबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं वार्षिकोत्सवको अवसर पारेर क्यानबेराको संसद भवनमा आयोजित विशेष कार्यक्रममा यहाँको परराष्ट्र मन्त्रालयले प्रस्तुत गरेको प्रतिवेदनमा यी दुई व्यक्तित्वको चर्चा भएको हो । संसद भवनमा आयोजित कार्यक्रममा अष्ट्रेलियाका विदेशमन्त्रीको सन्देश सुनाउँदै डिफ्याटकी डेप्युटी सेक्रेटरी एली लोसनले सन्दिप लामिछानेले मेलबर्न स्टार क्रिकेट क्लबको तर्फबाट खेलेर अन्य नेपाली खेलाडीहरुको लागि समेत बाटो खोलिदिएको बताइन् । 

उनले दुई देशबीचको मित्रताको चर्चा गर्दै नेपालको सामूदायिक वन संरक्षणका क्षेत्रमा हासिल गरेको उपलब्धीमा अष्ट्रेलियाको भूमिका रहनु गौरवको कुरा भएको समेत धारणा राखिन् । यस्तै कार्यक्रममा फ्रेड होलो फाउन्डेसन र नेपालको तिलगंगा आँखा अस्पतालबीचको सहकार्यबाट डा. सन्दुक रुइतले लाखौं लाख कमजोर दृष्टि भएकाहरुलाई सेवा गरिरहेको भन्दै दुई देशका जनताबीचको सहकार्यबाट गर्न सकिने यो उत्कृष्ट कार्य भएको समेत चर्चा भयो । उनले अष्ट्रेलियामा अध्ययनका क्रममा रहँदा फ्रेड होलोसँग भएको मित्रता आधारमा फाउन्डेसनको सहयोगमा नेपालमा लेन्स उत्पादन सुरुवात गरेका हुन् ।

उक्त अवसरमा नेपालका राजदूत महेशराज दाहालले नेपाल अष्ट्रेलिया सम्बन्ध अतुलनीय भएको बताए । उनले नेपाललाई समस्या पर्दा अष्ट्रेलिया र अष्ट्रेलियामा विपद आउँदा नेपालले गरेको विविध कार्यहरुको चर्चा गरे । उक्त अवसरमा नेपालका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीको सन्देश प्रशारण गरिएको थियो भने दुई देशको सम्बन्ध झल्काउने भिडियो सामग्री पनि देखाइएको थियो । सन् १९६० फेब्रुअरी १५ तारिखका दिन नेपाल र अष्ट्रेलियाबीच औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएको भएपनि यसअघि नै गिलीपोलीको युद्धमा बेलायत सेनामा कार्यरत नेपाली गोर्खाहरुले अष्ट्रेलियाको तर्फबाट युद्ध गरेका थिए । 

कार्यक्रममा विभिन्न शहरमा रहेका नेपाली महावाणिज्यदुतहरु, एनआरएनसहित अन्य विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस्त नेपालका लागि अष्ट्रेलियाका पूर्वराजदूतहरु, पत्रकार तथा अष्ट्रेलियाको गैरसरकारी संस्थाका प्रतिनिधिहरु समेतको उपस्थितिमा भएको औपचारिक कार्यक्रमको सञ्चालन दूतावासकी काउन्सेलर/ उपनियोग प्रमुख दुरपदा सापकोटाले गरेकी थिइन् भने नेपाल अष्ट्रलिया पार्लियामेन्ट्री फ्रेन्डशिप ग्रुपको नवीकरण गरिएको थियो । नयाँ समूहमा सांसद पिटर खलिल र लेबर पार्टीको तर्फबाट सिनेटर एन्ड्रयू बार्ग संयोजक छन् । कार्यक्रममा बोल्दै सांसद खलिलले आफ्नो निर्वाचन क्षेत्र मिनी नेपाल नै भएको भन्दै नेपालीहरुले अष्ट्रेलियाको समाजमा दिएको योगदानको प्रशंसा गरे । अष्ट्रेलिया नेपालबीच पछिल्लो समय औपचारिक र उच्चस्तरीय भ्रमणलाई बढाउने तयारी गरिएको छ ।







सम्बन्धित समाचारहरू

पूर्वसभामुख कृष्णबहादुर महराले छुटेपछि भने, मलाई साथ दिने सबैलाई धन्यवाद
नेपाल अष्ट्रेलिया कुटनीतिक सम्बन्धको काठमाडौंमा मनाइयो ६० औं उत्सव !
नेपाली समाजको नयाँ दृश्य, २८ प्रतिशतले रक्सी खान्छन्, २५ प्रतिशत ब्लड प्रेसरका बिरामी
नेपाल अष्ट्रेलिया सम्बन्ध ६ दशकमा, के भने नेपालका परराष्ट्र मन्त्रीले ?
चीनबाट १ सय ८० नेपालीलाई फिर्ता ल्याइँदै, १४ दिन क्वारेन्टाईनमा
नेपाल अष्ट्रेलिया कुटनीतिको ६० औंं वर्षगाँठ : अष्ट्रेलियाको संसदमा सन्दिप लामिछाने र सन्दुक रुइतको चर्चा
लाईसेन्स लिने उमेर १६ बाट १८ बनाउने तयारी, रोकिएला त सडक दुर्घटना ?
कामदार चौधरीले मुना कार्कीको हत्या गरेको सीसीटिभी फुटेज बाहिरियो
error: Content is protected !!