कार्यक्रमस्थलमा लडे अमेरिकी राष्ट्रपति बाइडेन


जेठ १९, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन सार्वजनिक कार्यक्रमस्थलमा लडेका छन्। बिहीबार कोलोराडोमा आयोजित एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गरेर आफ्नो सिटतर्फ जाँदा लडेको भिडियो सार्वजनिक भएको छ।

यसबारे ट्वीटमार्फत जानकारी दिँदै ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले राष्ट्रपति बाइडेन बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लडेका र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। राष्ट्रपति बाइडेनलाई कुनै चोट नलागेको उनले स्पष्ट पारेका छन्।

यसअघि पनि ८० वर्षीय बाइडेन पटक पटक सार्वजनिक कार्यक्रममा लड्का छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?