खेलकुद क्षेत्रमार्फत नयाँ सन्देश दिनेछु– मन्त्री श्रीपाइली


Khelkud_Mantriनवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सबै कर्मचारीको सहयोगले मात्र आफ्नो कार्यकाल सफल हुने बताउनुभएको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार पदबहाली गर्दै उहाँले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो । मन्त्री श्रीपाइलीले आफूले युवा र खेलकुद क्षेत्रमा केही नयाँ काम गर्न चाहेको बताउँदै भन्नुभयो, “खेलकुद बृहत् क्षेत्र हो, यसले सिङ्गै युवाको प्रतिनिधित्व गरेको हुन्छ, त्यसैले म यस क्षेत्रलाई नै नयाँ सन्देश दिने किसिमको काम गर्न चाहन्छु ।”

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य श्रीपाइली पहिलोपटक मन्त्री बन्नुभएको हो । विसं २०२६ मा रुकुममा जन्मनुभएका उहाँ सोही जिल्लाबाट प्रतिनिधित्व गरेका समानुपातिक सांसद हुनुहुन्छ । त्यस्तै उहाँ तत्कालीन जनमुक्ति सेना नेपालका पूर्वसहायक डिभिजन कमान्डरसमेत हुनुहुन्थ्यो । त्यसैगरी श्रीपाइली दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष एवम् पिएलए स्पोर्ट्स क्लबका अध्यक्षसमेत हुनुहुन्छ । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?