राष्ट्रपति भन्छनः विकासका लागी महिला–पुरुषको समान सहभागिता चाहिन्छ
काठमाडौं, भाद्र ५ । राष्ट्रपति डा. रामवरण यादवले बिकासका लागि महिला र पुरुषको समान सभागिता आवश्यक हुने बताएका छन् । बेइजिङ सम्मेलनको २० औ बर्षगाठको सन्दर्भमा आज ललितपुरमा भएको कार्यक्रममा राष्ट्रपति यादवले महिलालाई अधिकार सम्पन्न बनाउन धेरै काम गर्न बाँकी रहेको बताए ।
महिला अधिकारको क्षेत्रमा कानुनी र संस्थागत बिकासको काम अघि वढेको उल्लेख गर्दै उनले ग्रामिण तहका महिलाहरुको सशक्तिकरणमा जोड दिए । सोही कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री निलम खड्काले पिछडिएको क्षेत्रका महिलासम्म सशक्तिकरणको अभियान पुर्याउनु आवश्यक भएको बताए ।
कार्यक्रममा महिला अधिकारको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै महिला अधिकारकर्मी अंगुरबाबा जोशी, तुला राणा र मीना आर्चायलाई सम्मान गरिएको थियो ।